बिद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण ।थारु पाेर्टल

माघ २ बुधबार

रबिन्द्र बराल

माेरङकाे सुन्वर्सि नगरपालिका ५ ले आफ्नो बडा भित्र रहेका ५ बटा सामुदायिक बिधालय हरुमा अध्यन गर्ने बालबालिका हरुका लागि खेलकुदका सामाग्री बितरण गरेको छ ।

एक कार्यक्रमकाे आयोजना गर्दे बडाले श्री गुलेश्वरी आधारभूत विद्यालय , श्री जनता आधारभूत विद्यालय , श्री विष्णु आधारभूत , श्री रामजानकी आधारभूत विद्यालय , श्री मदरसा विद्यालय गरि ५ बटा बिधालयहरु लाई सामाग्री बितरण गरेको छ। उक्त कार्यक्रममा नगरप्रमुख श्याम , प्रशाशकिय अधिकृत किशोरी , बडा अध्यक्ष युगेश्वर प्रसाद ठाकुर , बडा सदस्य तथा बिभिन्न बिधालयका शिक्षक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सदस्य समेतको उपस्थिति रहेको थियोे । बडाले एक बिधालय बराबर १ लाख रुपैयाँ बराबरको खेलकुदका सामाग्री हस्तान्तरण गरेको छ।

बिधालयका प्रधानध्यापक हरुले बिधालयबाट बालबालिका हरु बढि मात्रामा टिफिनकाे समयमा बिधालय बाट भागेर बिधालय छाड्ने गरेको गुनासाे बडा अध्यक्ष लाई जानकारी गराएपछि बडा अध्यक्ष युगेश्वर प्रसाद ठाकुरकाे पहलमा सामुदायिक बिधालयमा गरिव तथा अति बिपन्न परिबारका बालबालिका पठनपाठन गर्ने र उनिहरु नियमित बिधालय नआउने र टिफिनकाे समयमा पढाई छाडेर घरजान थाले पछि बिधालयमै खेलकुदका सामाग्री दिएपछि बिधार्थिहरु बिधालय समयमा साेहि समानाकाे सदुपयोग गरेर नियमित पठनपाठनमा उपस्थित हुने उदेश्यका साथ आफुहरुले यश प्रकारकाे सामाग्री बितरण गरेको ठाकुरले बताए ।

 

बिधालयका लागि चिप्लेटि, पिङ, चर्खा तथा अन्य विभिन्न प्रकारकाे सामग्रीहरु बितरण गरेको छ । समग्र नगर भरीमा वडा नं ५ को शैक्षिक स्तर निरन्तर अग्र गतिमा अगाडि बढिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

[sharethis-reaction-buttons]

सम्बंधित खबर

कानेपोखरी गाउँपालिकामा वैदेशिक रोजगारीबाट फर्केकाहरुकाेलागि ७ दिने तालीम सम्पन्न ।थारु पाेर्टल

सचित खड्काको निर्देशनमा ‘पल’ म्युजिक भिडियो, प्रेमको मिठास बोकेर आउँदै ।थारु पाेर्टल

प्रहरीनै सुरक्षित छैन जन्ता कसरी सुरक्षीत हुन्छ त ? बर्षाेदेखी चर्किएको भवनमा बस्न बाघ्य नेपाल प्रहरी । थारु पाेर्टल

कानेपोखरीमा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूका लागि हलुका सवारी चालक तालिम सुरु ।थारु पाेर्टल

रतुवामाईकाे लक्ष्मी आधारभूत विद्यालयमा  कार्यालय सहयोगी पदमा नातागोता लाई नियुक्ति गरेको आराेप ।थारू पाेर्टल

निगुरो टिप्न  गएका राजवंशी वनमै अस्ताए ।थारु पाेर्टल