राजेश कुमार राजवंशी
माघ।२।विराटनगर

विराट राजवंशी समुदायले माघ १गते मंगलबारका दिन तिला सुकरात पर्व मनाएका छन् ।
पर्वको अवसरमा विराट राजवंशी उत्थान समितिले आयोजना गरेको कार्यक्रममा तिल खिचडी, भुजा, च्युरा, तिलको लड्डु खाएर शुभकामना आदान प्रदान गरेको छ ।
राजवंशी समाज उत्थान समिति केन्द्रिय सदस्य सिधुलाल राजवंशीले तिला सुकरात पर्वको सांस्कृतिक तथा धार्मिक महत्त्वका बारेमा जानकारी गराएका छन । माघ १ बाट एउटा तिल बराबर प्रत्येक दिन लामो हुने र जाडो घट्दै जाने भएकाले पर्वका रूपमा तिला सुकरात मनाउँदै आएका छ ।
उनले भने, ‘यो पर्वको अवसरमा हिन्दु धर्मावलम्बीले बिहानै स्नान गरेर कुलदेवतालाई पूजा गरी दूधमा मुछेको तिल, सक्खर र चामलको प्रसाद ग्रहण गरेर भोजन गर्ने परम्परा रहेकाे छ।

पुसभरिको जाडोमा स्नान नगर्नेले पनि यस दिन स्नान गरेर भोजन गर्ने परम्पराले छालासम्बन्धी रोग निको हुने जनविश्वास रहेको उत्थान समितिका अध्यक्ष भुनेश्वर मण्डल राजवंशीले बताए । उनले अहिलेको सूचना प्रविधिको युगमा सांस्कृतिक महत्त्वका पर्वहरूको बारेमा नयाँ पुस्तामा सचेतना जगाएर पुस्तान्तर गर्नु आवश्यक भएको बताए । कार्यक्रममा उत्थान समिति केन्द्रिय उपाध्यक्ष प्रदीप विश्वास राजवंशीले विराट राजवंशी समुदायको सांस्कृतिक उत्थानको दायित्व युवाको काँधमा आएको बताए ।विराट राजवंशी समिति मोरङ जिल्ला सचीव राजेश कुमार राजवंशीले विराट राजवंशीको उत्थान फुटेर नभई सबैले जुटेर गर्नु आवश्यक भएको बताए ।

‘मुलुकमा आएको संघीयताले सबै जात, धर्म, समुदायलाई आ–आफ्नो विकासका लागि अवसर प्रदान गरेको छ,’ उनले भने, ‘त्यसैले प्राप्त राजनीतिक अधिकारलाई उपयोग गरी विराट राजवंशी समुदायको उत्थानमा लाग्नुको विकल्प छैन । तिला सुकरात कार्यक्रमको प्रमुख अथिती जहदा गाउँपालिका अध्यक्ष जितेन्द्र नारायण साहले शुभकामना मन्तव्यमा विराट राजवंशीहरुको तिला सुकरात मनाउने छुटै परम्परा रहेकोले भेष भुषा , कला संस्कृति जोगाउनका निम्ति तिला सुकरात कार्यक्रम मनाइएको छ ।विराट राजवंशीलाई संरक्षण सम्बर्द्धन गर्नका लागि सहयोग गर्ने बताउनुभयो ।जहदा गाउँपालिका वडा न ३ बभनटोलिमा तिला सुकरात पर्व विस्वमान राजवंशीको अध्यक्षतामा सम्पन्न गरियो।