मेनु

कानेपोखरी गाउँपालिका द्वारा सामुदायिक विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय पक्ष सुधारका लागि अन्तरक्रिया कार्यक्रम ।थारु पाेर्टल

माघ।३।कानेपाेखरी
कानेपोखरी गाउँपालिका द्वारा सामुदायिक विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय पक्ष सुधारका लागि कानेपाेखरी गाउँपालिकामा
अन्तरक्रिया कार्यक्रम माघ ३ गते  शुरु भएको छ ।
बिहिबार पालिकाको सभाहलमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको क्षमता विकास तथा वडा अध्यक्ष सँग संयुक्त कार्यक्रम सम्पन्न भएको हो ।
सामुदायिक बिधालयको गुणस्तरमा सुधार गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएकाे हो ।
पालिका अध्यक्ष राजमती इङ्गनाम,उपाध्यक्ष भोला प्रसाद अधिकारी,प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादव,शिक्षा शाखा प्रमुख चुडामणि रेग्मी पुर्ण राई  लगायतको उपस्थितिमा बृहत अन्तरक्रिया छलफल कार्यक्रम सम्पन्न भएको छ । कानेपाेखरी गाउँपालिकामा २३वटा सामुदायिक बिधालय रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्