'३ सय बढी नेता कार्यकर्ताको सहभागीतामा एमाले मोरङको कार्यशाला झोराहाटमा सम्पन्न, ।थारु पाेर्टल'

January 17, 2025

विज्ञापन
No data was found

माघ।४।झोराहाट

नेकपा (एमाले) मोरङ संगठन विभागको आयोजनामा झोराहाटमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईको प्रमुख आतिथ्यतामा मोरङको १७ वटै पालिकाबाट सयौँ नेता कार्यकर्ताको सहभागीतामा कार्यशाला गोष्ठि सम्पन्न भएको हो ।

सो अवसरमा सम्बोधन गर्दै नेता राईले मुलुकको विकास र समृद्धि एमालेबाट मात्र सम्भव भएकाले देशी विदेशी प्रतिकृयावादी शक्तिहरु पार्टीविरुद्ध योजनाबद्धरुपमा लागि रहेको बताउनुभयो ।
उहाँले अहिले पार्टी र नेतृत्वविरुद्ध चौतर्फी आक्रमण भइरहेकाले सम्पूर्ण नेता कार्यकर्ताहरुले डटेर समना गर्दै परास्त गर्नुपर्ने बताउनुभयो । उहाँले आगामी २०८४ सालमा हुने निर्वाचनमा एमालेको एकल बहुमतको सरकार बनाउने गरि मिशनमा केन्द्रीत हुन निर्देशन समेत दिनुभयो ।
कार्यशालमा नेकपा (एमाले) मोरङका अध्यक्ष बाबुराम कार्कीले गत मंसिर २० गते पार्टीको ११ औं जिल्ला अधिवेशनको तयारी गरेपनि सोही समयमा स्थानीय तहको उपनिर्वाचन परेका कारण हुन नसकेको बताउनुभयो । उहाँले हाल पार्टीको जरा केन्द्रीत अभियान चलिरहेको र स्ववियुको निर्वाचन पछि पार्टी केन्द्र तथा प्रदेश कमिटीको निर्देशन अनुसार अधिवेशन हुने जानकारी दिनुभयो । सो कार्यशालाले पार्टीलाई सवैभन्दा अब्बल, बलियो र शसक्त बनाउन विभिन्न ९ बुँदे निश्कर्ष निकालेको र त्यसलाई कार्यान्वयनमा लगिने बताउनुभयो । उहाँले कार्यशालबाट निस्किएको निश्कर्षलाई अब बस्ने पार्टी जिल्ला कमिटीको बैठकले विशेष कार्यायोजना बनाएर कार्यान्वयनमा लैजाने जानकारी दिनुभयो ।


विभिन्न १० समूहमा गरिएको छलफलबाट कार्यशालाले वडा र टोललाई पार्टी कामको केन्द्र बनाउने निश्कर्ष निकालेको छ ।
त्यस्तै, पालिका सभा दल र संयन्त्रको बैठक नियमित गरि स्थानीय सरकारको भूमिमालाई प्रभावकारी बनाउने, पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले गरेका राम्रा कामहरुको प्रचार गर्ने, सामाजिक सञ्जालको अधिक्तम उपयोगका लागि जिल्ला, पालिका र वडातहमा टेक्निकल टिम निर्माण गर्ने, आगामी चैत्र महिनाभित्र सदस्यता नवीकरण गरिसक्ने कार्यशालाले निश्कर्ष निकालेको नेकपा (एमाले) मोरङका सचिव तथा संगठन विभाग प्रमुख रविन थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार चैत मसान्तभित्र पार्टी सदस्यता वितरणको कामलाई तिब्रता दिने, पालिका र वडातहमा जनसंगठन सञ्जाल विस्तार गर्ने, विकास, समृद्धिका मुद्धा पहिचान गरि उठान र निदानका लागि पहल गर्ने, प्रशिक्षण कार्यक्रमलाई वडा र पार्टी सदस्य स्तरमा केन्द्रीत गर्ने लगायतको निश्कर्ष कार्यशालाको रहेको छ ।

नेकपा (एमाले), केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जिवन घिमिरे, केन्द्रीय सदस्य नैनकला ओझा, रामलाल साह र प्रदेश कमिटीका नेताहरुको उपस्थितीमा सम्पन्न कार्यक्रममा पार्टी वडा कमिटी अध्यक्ष, इन्चार्ज, पालिका कमिटी अध्यक्ष, सचिव, संघीय, प्रदेश निर्वाचन क्षेत्रको संयोजक, सचिव, २३ वटै जनसंगठनका जिल्ला अध्यक्ष, सचिव, पालिका इन्चार्ज, प्रदेश निर्वाचन क्षेत्र इन्चार्ज, संघीय निर्वाचन क्षेत्र इन्चार्ज गरी तीन सय जना भन्दा बढीको सहभागीता रहेको सचिव एवम् संगठन विभाग प्रमुख थापाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.