प्रेस चौतारी मोरङको ९ औं अधिवेशनमा १०लाख बराबरकाे प्रतिवेदन ।थारूपाेर्टल

विद्यानन्द चाैधरी
 प्रेस चौतारी नेपाल, मोरङ शाखाको माघ १२ गते  विराटनगरमा ९ औं जिल्ला अधिवेशन सम्पन्न भएकाे छ ।
जसमा प्रदेश न १काे मुख्यमन्त्री हिकमत कुमार कार्कीकाे प्रमुख अातिथियतामा पानसमा दीप प्रज्वलन गरेर सम्पन्न भएकाे थियाे । सचिव शशांक पौडेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनले पछिल्ला तीन वर्षका उपलब्धि, सामना गरिएका चुनौतीहरू र भविष्यका कार्ययोजनाहरूलाई विशेष प्राथमिकता दिएको छ। जस अनुसार २०७८ पुसमा सम्पन्न आठौं अधिवेशनपछि कार्यभार सम्हालेको कार्यसमितिले कोभिड-१९ महामारीजस्तो चुनौतीपूर्ण समयमा संगठनलाई क्रियाशील बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रतिवेदनमा उल्लेख छ। यस अवधिमा २२ वटा बैठक सम्पन्न हुनुका साथै प्रदेश र केन्द्रीय महाधिवेशनमा सक्रिय सहभागिता जनाइएको थियो।
प्रतिवेदन अनुसार मोरङ शाखाले प्रदेश नेतृत्वमा अध्यक्षसहितका २९ सदस्य र केन्द्रीय नेतृत्वमा सचिव विक्रम लुइँटेलसहित विभिन्न पदाधिकारी निर्वाचित गराउन सफल भएको छ। मोरङ जिल्लामा प्रेस चौतारीको सदस्य संख्या १०३ पुगेको छ भने पछिल्लो तीन वर्षमा २७ जना नयाँ पत्रकार संगठनमा आबद्ध भएका छन्। सदस्यहरूको क्षमता विकासका लागि विभिन्न तालिम र गोष्ठीहरू आयोजना गरिएका छन्।
  काेषाध्यक्ष  विद्यानन्द चाैधरीले २०७८देखि२०८१माघ ११गते सम्मकाे  अाय  व्यय  प्रतिवेदन प्रस्तुत गरेर १०लाख ५हजार ७सय ६८रूपया अामदानी  खर्च काे विवरण पेश गरेका थिए ।
यसैगरी प्रत्येक वर्ष प्रदान गरिने पत्रकारिता पुरस्कारमार्फत अग्रज र युवा पत्रकारहरूलाई सम्मान गर्दै आएको चौतारीले यस वर्ष शालिग्राम-मञ्जू दाहाल पत्रकारिता पुरस्कार प्रेस चौतारी मोरङका पूर्वअध्यक्ष महेन्द्र विष्टलाई प्रदान गरेको छ।
सदस्यता नविकरणको आवश्यकता, संगठनलाई थप सुदृढ बनाउने पहल र पार्टी नेतृत्वसँगको समन्वयलाई प्रभावकारी बनाउने कुरा प्रतिवेदनमा प्राथमिकताका साथ उठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

[sharethis-reaction-buttons]

सम्बंधित खबर

डा .विनय दाहाल र मुक्ता पान्डेको गीत ‘सहीछाप’ (भिडियो  )

रंगेलीका सुनचाँदी व्यवसाय ५ दिनदेखि बन्द । थारू पाेर्टल

कानेपाेखरीमा विप्रेशन ब्यवस्थापन कक्षा वचत तथा ऋण भुक्तानी सँम्बन्धी तालिम सम्पन्न ।थारु पाेर्टल

बिधालयकाे भवन निर्माणकार्य सम्पन्न भएता पनि पठनपाठन सुरु भएन । थारु पाेर्टल

लुथरनद्वारा मानवअधिकार रक्षककाे बिषयमा २ दिने तालिम सम्पन्न ।थारु पाेर्टल

५७ बर्ष पुरानाे बिधालय मर्चहुदा बिधालय बेवारिसे अवस्थामा।थारू पाेर्टल