रबिन्द्र बराल
माघ १८।

उपेक्षित उष्णप्रदेशीय रोगको निवारण, सहकार्य र एकता हाम्राे उदाहरण भन्ने मुल नाराका साथ विश्व उपेक्षित उष्ण-प्रदेशीय रोग दिबसको अबसरमा रङ्गगेली अस्पतालमा एक कार्यक्रमकाे आयोजना गरिएको थियोे ।

रंगेली अस्पतालमा भएको कार्यक्रममा काे प्रमुख अथिति बडा नम्बर ५ का अध्यक्ष महानन्द मंण्डल , अस्पतालका मेसु वसन्त कुमार साह, अस्पताल समितिका सदस्य पुर्साेतम काफ्ले ,स्वास्थ कर्यालय मोरङ राम कुमार लामा, फेयर मेड नेपालका मनिस सुवेदी , शोभा गुरुङ,करुणा फाउन्डेसन अंकित पाठक – सहारा नेपालका प्रतिनिधि सौरभ बगाले , नरेस सिङ लगायतकाे सहभागीता रहेको थियोे ।रङ्गेली नगरपालिका , सुनवर्सि नगरपालिका रतुवामाई नगरपालिका धनपालथन गाउँपालिका , जहदा गाउँपालिका, कानेपोखरी गाउँपालिका, लगायत माेरङ भरिका हात्तिपाईले प्रभावित अपांगता राेकथाम तथा हेर्चाह केन्द्रकाे स्थापना रंगेली अस्पतालमा भएकाे छ ।

माेरङ भरिकाे उत्कृष्ट रंगेली अस्पताल रहेकाे हुनाले स्वास्थ्य सेवा विभागले मोरङ जिल्लाबाट रंगेली अस्पताल लाई छनाेट गरेरे स्थापना केन्द्र राखिएको हाे । हात्तीपाईले राेगका लागि रंगेली अस्पतालमा विशेष डाक्टर र परामर्शदाता सहित प्रत्येक साताकाे साेमबार र बिहिवार दुई दिन सेवा दिने कार्यक्रम जानकारी अपाङ रोगथाम तथा हेरचाहा केन्द्रका फोकल स्वास्थ्यकर्मी शेखर राजवंशीले गरेका छन । बिरामी हरुले यसरी परामर्श केन्द्र रंगेलीमा राखिएकोमा आफुहरु लाई सहज र सरल भएको र आगामी दिनहरुमा हामी हरुकाे सबै उपचार निशुल्क गर्ने समेत सहभागी अथितिहरुलाई आग्रह समेत गरेका छन ।