'ऐतिहासिक कानेपोखरीमा पाैडी खेल्नेक्रममा डुबेर  गिरीकाे मृत्यु ।थारूपाेर्टल'

February 1, 2025

विज्ञापन
No data was found

माघ,१९ 

कानेपोखरी ।

मोरङको कानेपोखरी –७  ऐतिहासिक कानेपोखरीमा एक पुरुष पाैडीखेल्नेक्रममा डुबेर  मृत्यु भएको छ ।शनिबार लगभग १ बजे दिउँसो पोखरीमा पौडी खेल्ने क्रममा कानेपोखरी ७ बस्ने लगभग ३५ वर्षीय कुलबहादुर गिरीको मृत्यु भएको छ।

पानीमा डुबे पछि वनभोज खानेहरुले नगरप्रहरीलाई खबर गरेका थिए । नगरप्रहरीले आधा घण्टा सम्म खोजतलास गर्दा नभेटे पछि सुनसरी स्थित सशस्त्र प्रहरी बल नेपाल नं. १ बराहा बाहिनीको उद्धार टोली(गोताखोर)ले पोखरीको पानी भित्रबाट शव निकालेको थियाे ।

शवलाई मृतकका आफ्न्त बुहारीले बुझेका थिए भने शव पोष्टमार्टमको लागि उर्लाबारीकाे मंगलबारेमा रहेकाे मदन भण्डारी ट्रमा सेन्टरमा लगिएको नगरप्रहरी  युवराज भुजेलले बताए ।

 

पोखरी २० फिट गहिराई छ । अहिलेको अवस्थामा पोखरीमा पानी सुकेर १० फिट गहिराई भएको ग्रामिण सुधार सामुदायिक वन समूहका पूर्व अध्यक्ष नविन राईले जनाएको छ ।

मृतक गिरीको कानेपोखरी ७, आइतबारेमा घर नभएपनि बस्दै आएका थिए । उनका आफ्न्त लेटाङमा भाईबुहारी रहेको र झापामा दाजूभाउजु रहेको रमाइलो प्रहरी चौकीका सई मोहन प्रसाद प्रधानले बताए ।

शनिबार ऐतिहासिक पोखरीमा वनभोज खानेको भिड थियो । वनभोज खानेका ग्रुपमा गएर खानेकुराहरु मागेर खाएका थिए । त्यस पछि पौडी खेल्न पोखरीमा पसेको एक प्रत्यक्षय दर्शीले  प्रहरीलाई बताए । स्थानीयका अनुसार आइतबारेमा पनि मागेर खाने गरेका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.