ऐतिहासिक कानेपोखरीमा पाैडी खेल्नेक्रममा डुबेर  गिरीकाे मृत्यु ।थारूपाेर्टल

माघ,१९ 

कानेपोखरी ।

मोरङको कानेपोखरी –७  ऐतिहासिक कानेपोखरीमा एक पुरुष पाैडीखेल्नेक्रममा डुबेर  मृत्यु भएको छ ।शनिबार लगभग १ बजे दिउँसो पोखरीमा पौडी खेल्ने क्रममा कानेपोखरी ७ बस्ने लगभग ३५ वर्षीय कुलबहादुर गिरीको मृत्यु भएको छ।

पानीमा डुबे पछि वनभोज खानेहरुले नगरप्रहरीलाई खबर गरेका थिए । नगरप्रहरीले आधा घण्टा सम्म खोजतलास गर्दा नभेटे पछि सुनसरी स्थित सशस्त्र प्रहरी बल नेपाल नं. १ बराहा बाहिनीको उद्धार टोली(गोताखोर)ले पोखरीको पानी भित्रबाट शव निकालेको थियाे ।

शवलाई मृतकका आफ्न्त बुहारीले बुझेका थिए भने शव पोष्टमार्टमको लागि उर्लाबारीकाे मंगलबारेमा रहेकाे मदन भण्डारी ट्रमा सेन्टरमा लगिएको नगरप्रहरी  युवराज भुजेलले बताए ।

 

पोखरी २० फिट गहिराई छ । अहिलेको अवस्थामा पोखरीमा पानी सुकेर १० फिट गहिराई भएको ग्रामिण सुधार सामुदायिक वन समूहका पूर्व अध्यक्ष नविन राईले जनाएको छ ।

मृतक गिरीको कानेपोखरी ७, आइतबारेमा घर नभएपनि बस्दै आएका थिए । उनका आफ्न्त लेटाङमा भाईबुहारी रहेको र झापामा दाजूभाउजु रहेको रमाइलो प्रहरी चौकीका सई मोहन प्रसाद प्रधानले बताए ।

शनिबार ऐतिहासिक पोखरीमा वनभोज खानेको भिड थियो । वनभोज खानेका ग्रुपमा गएर खानेकुराहरु मागेर खाएका थिए । त्यस पछि पौडी खेल्न पोखरीमा पसेको एक प्रत्यक्षय दर्शीले  प्रहरीलाई बताए । स्थानीयका अनुसार आइतबारेमा पनि मागेर खाने गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

[sharethis-reaction-buttons]

सम्बंधित खबर

कानेपोखरी गाउँपालिकामा वैदेशिक रोजगारीबाट फर्केकाहरुकाेलागि ७ दिने तालीम सम्पन्न ।थारु पाेर्टल

सचित खड्काको निर्देशनमा ‘पल’ म्युजिक भिडियो, प्रेमको मिठास बोकेर आउँदै ।थारु पाेर्टल

प्रहरीनै सुरक्षित छैन जन्ता कसरी सुरक्षीत हुन्छ त ? बर्षाेदेखी चर्किएको भवनमा बस्न बाघ्य नेपाल प्रहरी । थारु पाेर्टल

कानेपोखरीमा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूका लागि हलुका सवारी चालक तालिम सुरु ।थारु पाेर्टल

रतुवामाईकाे लक्ष्मी आधारभूत विद्यालयमा  कार्यालय सहयोगी पदमा नातागोता लाई नियुक्ति गरेको आराेप ।थारू पाेर्टल

निगुरो टिप्न  गएका राजवंशी वनमै अस्ताए ।थारु पाेर्टल