'CHITF टेक्वान्डाे विजेता खेलाडीलाई कानेपाेखरी गा.पा ले दियाे बधाई तथा शुभकामना ।थारू पाेर्टल'

February 1, 2025

विज्ञापन
No data was found
माघ।१९।
स्वास्थकाे लागि खेल राष्टकाेलागी खेल मुल नारकाे साथ नवल परासीCHITFटेक्वान्डाे संघकाे  आयाेजनामा  दाेस्राे CHITF च्यापेन कपखेल युनिभर्सल क्यामरिन वाेडिङ स्कुलमा माघ १६ र१७गते संचालन भएकाे थियाे ।जस खेलमा माेरङबाट ६जना खेलाडीहरूकाे सहभागिता रहेकाे थियाे ।जसमा ४जना springमा गाेल्ड मेडल ल्याउन सफल भएका छन ।
 पुर्णिमा अधिकारी, नन्दिका धिमाल,राेयल राई र  सुर्य चौधरीले उत्कृष्ट खेल देखाउदै springमा प्रथम गाेल्डमेडल  ल्याउन सफल भएका छन भने रेशम शेर्मा, साइमन घिमाल Pattenमा तेस्राे मेडेल जित्न सफल भएकाछन ।
उर्लाबारी डाेजाङका प्रशिक्षक दिनेश विकले नेतृत्व गरेर खेलमा लगेका थिए ।
सम्पुर्ण खेलाडि भाइ बहिनि हरुलाई काेशि प्रदेश CHITF तेक्वान्दाे सघका अध्यक्ष युबराज भुजेलले  हार्दिक बधाइ तथा जितकाे शुभकामना समेत दिनुभयाे ।अझ बढि खेल छेत्रमा अगाडी बढ्ने हौसला प्रदान गर्नु हुँदै कानेपोखरी गा.पा. अध्यक्ष राजमति ङनाम  उपाध्यक्ष  भाेला प्रसाद अधिकारी , खेलकुद बिकास सम्याेजक चरण गुरूङले  शुभकामना दिनु भयकाे थियाे भने उक्त कार्यक्रममा काेशि प्रदेश अध्यक्ष युबराज भुजेल  माेरङ जिल्ला अध्यक्ष  सचिब र अभिभावक हरुकाे उपस्थितिमा खेलाडी हरु सबैमा हार्दिक बधाइ तथा शुभकामना दिदै कानेपाेखरीलाई खेलकाे माध्यमबाट देश तथा विदेसमा समेत चिनाउन सफल भएकाे छ  ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.