'कानेपोखरी गाउँपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी खोप अभियान  २७ गते आइतबारदेखि  ।थारू पाेर्टल'

February 9, 2025

विज्ञापन
No data was found

माघ।२७।

कानेपोखरी।

कानेपोखरी गाउँपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी खोप अभियान  २७ गते आइतबारदेखि  सुरु  भएको छ ।

खोप अभियान बारे कानेपाेखरी अस्पताल बयरवनका अस्पताल  प्रमुख राेहिन्द्र राजभणडारीले कक्षा ६ देखी कक्षा १० सम्मका छात्राहरूलाई माघ २७ गते देखी  विहान १० ३०वजेदेखी खोप लगाउन सुरु गर्ने बताएका छन् । उनका अनुसार फागुन १ गतेसम्म २ हजार १ सय ४४ लाई खोप लगाउने लक्ष्य रहेको छ ।

खोपबारे सामाजिक सञ्जालमा देखिएको केही भ्रमित प्रचारको विश्वास नगर्न आग्रह गर्दै पाठेघरको क्यान्सरबाट जोगिन खोप लगाउन नछुट्न  बताएका छन् । खोप अभियानबारे प्रचार गर्न  सबै स्थानीय नागरिक, शिक्षक, सञ्चार माध्यम लगायत सबैलाई पनि आग्रह गरेका छन् ।

 

May be an image of text

अधिकृत सातौँ स्वास्थ्य शाखाका प्रमुख उदयकान्त सेठका अनुसार नेपालमा पाठेघरको क्यान्सरबाट महिलाको दैनिक ४ जनाको मृत्यु भइरहेको छ । तसर्थ एच.पि.भी खोप लगाउन जुटाउनै नहुने सेठ बताउँछन् ।

कानेपाेखरी वडा न २मा रहेका आधारभुत स्वाथ्यकेन्द्रका प्रमुख मेधराज दंगाल ले  शिक्षा विकास मावी र बाल संसार इङलिस स्कुलमा संचालन भइरहेकाे  जानकारी दिनुभयाे ।  याे खाेप कार्यक्रम १० ३०वजेदेखी ४ वजे सम्म चलने जानकारी मेधराज दंगालले बताउनु भयाे । शिक्षा विकास मावीमा  मेधराज दंगालले खाेप संचालन गरिरहेकाे छ भने बाल संसार इङलिसमा कल्पना तामाङ रहेकी छिन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.