रबिन्द्र बराल
फागुन।२

माेरङकाे रतुवामाई नगरपालिका ५ स्थित गाेविन्दपुरमा ३ बर्ष अगाडि स्थापना भएको समर कृषि फर्म सन्चालमा ल्याएपछि अहिले उक्त फर्मा हाेलेन जातकाे १७ बटा गाई पालन गरेर अहिले उक्त फर्मबाट दैनिकी २ सय लिटर दूध बिक्री गरिरहेका छन ।
स्थानीय रमेश मैनालीले बिगत १० बर्ष अगाडि सबै परिवार लिएर काठमाडौमा बसाेवास गरिरहेकाे र राेजगारीकाे सिलसिलामा साेलुमा एक नेट कम्पनीको व्यवस्थापक भएर काम गर्दे आईरहेका थिए । तर उनले गाउँमै ८ बिघा खेतीयोग्य जमिन अरुलाई ठेक्का दिएर काठमाडौंमा बस्दै आईरहेका थिए ।
उनका अनुसार सहरमा बसेर एकजनाकाे कमाईबाट घर खर्च पुर्याउन समेत समस्या देखेपछि सबै परिवार लाई गाउँमै केही गर्ने सकिन्छ भन्ने आत्मा बिस्वासका साथ गाउँमै रहेकाे ८ बिधा खेति आफ्नो र ४ बिधा खेती लिजमा लिएर उनले गाईपालन सुरु गरेको उनलेे बताए ।

उनलेे गाई पालनका लागि १ करोडौं रुपैयाँ खर्च गरेर गाई फर्म सुरुगरेकाे र अहिले १७ वटा गाई पालिरहेकाे उनलेे बताए । अहिले सुरुकाे अवस्थामा याे व्यवसाय बाट अगाडि बडन सफल हुन्छकि हुदैन भनेर चिन्तित भएता पनि अहिले आफू केहीमात्रामा सफल भएको आवाहस भएको उनलेे बताए । अहिले दैनिकी २ सय लिटर दुघ जीवन बिकास संस्थाले खरिद गरेर लैजाने र केही गाउँ घरमा समेत खपत हुने गरेको उनलेे बताए ।
दुई बिक्रीबितरणमा खासै समस्या नभएता पनि दूध खरिदकर्ताले दुधकाे मूल्य तीन महिनाकाे रकम ढिलाे दिदा आफुहरुलाई समस्या हुने गरेको समेत बताए । तर सरकारले सहि कृषकहरुकाे पहिचा गर्ने नस्कदा केन्द्र सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले झाेलामा बाेकर हिडेकाे कृषक हरुलाई अनुदान दिने र नेताहरुकाे चाकडि गर्ने हरुलाई प्रत्येक बर्ष अनुदानहरु दिने गरेको आराेप समेत लगाएका छन ।

रतुवामाई नगरपालिकामा रहेको कृषि शाखाले समेत गाईपालन कृषकहरुकाे घरमा आएर गाईकाे राेगकाे परिक्षण तथा अन्य कुनै पनि समस्याका बिषयमा अहिलेसम्म बुझन समेत नआउने गरेकाे समेत बताए । आफुहरुले गाउँ छाडेर काठमाडौंमा बिगत १० बर्ष बिताएकाे तर पुनः गाउँमै फर्केर केही गराै भनेर गाईपालन पेसामा लागेकाे र अहिले हामी सबै परिवार खुसिनै रहेकाेर व्यवसाय समेत राम्रो भएकाे र आफुले मास्टर सकेर राेजगारी नपाएपछि आफ्नै पेसामा लागि परेकाे समेत मन्जु घिमिरेले बताईन । अहिले उनिहरुले आफ्नै खेतमा घाँस, मकै लगाएर थप व्यवसायलाई अगाडि बडाएकाे र खेतमा समेत अन्य रासायनिक मलहरु भन्दा गाईकाे गाेवर बाट खेतमा हालेर मकै लगायत अन्य बालिहरु समेत लगाउदै आईरहेकाे समेत बताए । अहिले गाईकाे दूध बिक्री गरेर मासिक सबै खर्च काटेर मासिक १ लाख रुपैयाँ सम्म आम्दानी हुने गरेकाे बताए ।