मोरङको कानेपोखरी १ झरनाघुट्टुमा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत आवास निर्माण कार्य हुँदै ।थारू पाेर्टल

कानेपाेखरी । फागुन।२
 मोरङको कानेपोखरी १ झरनाघुट्टुमा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत आवास निर्माण कार्य धमाधम हुँदैछ। कानेपोखरी गाउँपालिका, ह्याविट्याट फर ह्युमानिटि नेपाल र साहारा नेपाल बिचको त्रिपक्षीय साझेदारीमा निर्माण कार्य भएको हो ।
बाँसको घर निर्माण सम्बन्धी प्रविधि, सिप र ज्ञान आदानप्रदान गर्न अमेरिकाबाट १६ जना र जापानबाट १२ जना गरी जम्मा २८ जना स्वयंसेवी दाताहरू निर्माण कार्यमा खटिरहेका छन् कानेपोखरी गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० मा वडा नं. ३ को राजगञ्जमा ३० घर, आ व ०८०/०८१ मा वडा नं. ४ को क्याम्पाघाटमा १७ घर र आ व २०८१/०८२ मा वडा नं. ३ को कोलटोलमा ३० घर र वडा नं. १ को झरनाघुट्टु मा ११ घर निर्माणाधीन छ ।
निर्माण कार्यमा जनप्रतिनिधिहरू पनि श्रमदान गरिरहेका छन् ।कतिपय घरहरू निर्माण कार्यको अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको अनुसार निर्माणाधीन आवासमा ४ कोठा, १ शौचालय, १ भान्सा घर सहितको ८८ वटा घर बन्दै छ ।
जसमा कानेपाेखरी गाउँपालिका अध्यक्ष लगायतकाे टाेली खटिरहेकाे हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

[sharethis-reaction-buttons]

सम्बंधित खबर

डा .विनय दाहाल र मुक्ता पान्डेको गीत ‘सहीछाप’ (भिडियो  )

रंगेलीका सुनचाँदी व्यवसाय ५ दिनदेखि बन्द । थारू पाेर्टल

कानेपाेखरीमा विप्रेशन ब्यवस्थापन कक्षा वचत तथा ऋण भुक्तानी सँम्बन्धी तालिम सम्पन्न ।थारु पाेर्टल

बिधालयकाे भवन निर्माणकार्य सम्पन्न भएता पनि पठनपाठन सुरु भएन । थारु पाेर्टल

लुथरनद्वारा मानवअधिकार रक्षककाे बिषयमा २ दिने तालिम सम्पन्न ।थारु पाेर्टल

५७ बर्ष पुरानाे बिधालय मर्चहुदा बिधालय बेवारिसे अवस्थामा।थारू पाेर्टल