फाल्गुन ८ बिहीबार
रबिन्द्र बराल

लुथरन कल्याण सेवा समाजले झापाकाे गाैरिगञ नगरपालिका ५ स्थित तिलाचि टाेलमा वसाेवास गर्दे आईरहेकाे राजकुमार ऋिषिदेवकाे श्रिमती सकुन्तला ऋिषिदेवलाई बिगत ३ बर्ष अगाडि आत्मानिर्भरकाे लागि २५ हजार रुपैयाँ ब्यापर गर्नका लागि आर्थिक सहयोग गरेको थियोे । सुरुकाे अवस्थामा आरुकाे घरमा जनमजदुरी गरेर परिवार पालनपोषण गर्दे आईरहेकाे सकुन्ताेला लाई लुथरनले गरेकाे सानाे सहयोगले उनी अहिले आफ्नो व्यवसायबाट परिवार लाई पालनपोषण गर्ने सक्षम भएको उनले बताईन ।
सुरुकाे अवस्था अैलानि जग्गामा बसाेवास गर्दे आईरहेता पनि पछिल्लो समयमा उनले साेहि गाउँ ४ कठ्ठा जग्गा खरिद गरेर उक्त खेतमा सामय अनुसार साग सवजि उत्पादन गरेर अहिले उनलेे गाउँ लाग्ने हाटबजारमा तरकारी हरु बिक्री बितरण गरेर आफ्नो परिवार समेत पालनपोषण गरि रहेकाे उनले बताईन ।

अहिले दैनिकी गाैरिञन्ज बजारमा लाग्ने गुद्रि हाट बाजारमा आफुले बारीमा उव्जनी गरेकाे तरकारीहरु विभिन्न स्थानहरुम लगेर बिक्रीवितरण गर्ने गरेकाे र आफुलाई सुरुकाे अवस्था थाेरै सहयोगले अहिले आफुलाई धेरै राम्रो भएको सकुन्ताेला ले बताईन । पछिल्लो समयमा लुथरन कल्याण समाजले गरिबी तथा अतिविपन्न परिवारहरुलाईका सदस्य हरुका लागि गाउँ घरमा भएको परिवारका बालबालिका हरुलाई बिधालय सम्म पुर्याउन र बिधार्थिहरुलाई ट्युसनकाे समेत व्यवस्थापन तथा उनिहरुकाे परिवारहरुलाई नागरिकता, जन्म दर्ता तथा बिवहा दर्ता कसरी बनाउने के कस्ता कागजात हरु चाहिने भन्ने बिषयमा समेत सहयोग गर्दे आईरहेकाे लुथरनका झापा प्रतिनिधि गणेश ऋिषिदेवले बताए ।