कानेपोखरी गाउँपालिकाकाे  प्रमुख प्रशासनिक सेवा वडा न ६ वाट वडा न ५ को वडा कार्यलय भौंसावारीबाट ।थारू पाेर्टल

विद्यान्नद चाैधरी

फागुन १४ गते । कानेपाेखरी ।

मोरङको कानेपोखरी गाउँपालिकाकाे  प्रमुख प्रशासनिक सेवा वडा न ६ वाट वडा न ५ को वडा कार्यलय भौंसावारीबाट फागुन १४गते  विधिबध रूपमा पुजा पाठ गरी गाउँपालिकाले दिने सेवा  अव वडा न ५ को वडा कार्यलय भौंसावारीबाटदिने भएकाे छ ।

स्थानिय सरकार प्रमुख  पालिका अध्यक्ष राजमति इङ्नामले  फागुन १५गते बिहीबारबाट नियमित सेवा प्रवाहका लागि बुधबार कार्यालय सारिएको बताउनुभयो । हाल पालिका सरेको भवनमा यसअघि ५ नं. वडा कार्यालय रहेको थियो । ५ नम्बर वडा कार्यालयलाई अब अन्यत्र व्यवस्थापन गरिने भएको छ ।

२०७२ सालमा राज्यपुनर्संचना हुँदा कानेपोखरी गाउँपालिकाको सेवा तत्कालिन वयरवन गाविसको भवनबाट सञ्चालन गर्ने निर्णय भएको थियो । वयरवन, केरौन र होक्लावारी गाविस मिलेर  कानेपोखरी गाउँपालिकाको प्रशासनिक भवन पालिकाको एकछेउमा रहेको भन्दै मध्यभागमा स्थान्तरणको माग उठेको थियो । सोही अनुसार कानेपोखरी गाउँपालिकाले वडा नं. ५ को भौंसावारीमा एक विघा पाँच कट्ठा जग्गा खरिद गरेको थियो । जग्गा खरिद गरेपनि भवन निर्माणको प्रक्रिया अघि नबढ्दै प्रशासनिक भवन वडा कार्यालयमा सारिएको छ । सङ्घीय मन्त्री परिषदले २०८१ पुस १६ गते कानेपोखरी गाउँपालिकाको प्रशासनिक भवन सार्ने स्वीकृति दिएको थियो ।

यसअघि स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ उपदफा (३) बमोजिम गाउँसभाको दुई तिहाई बहुमतले प्रशासनिक भवन सार्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम मन्त्री परिषदले स्वीकृति प्रदान गरेको पालिकाका प्रवक्ता सुशील बुढाथोकीले बताउनुभयो ।

हाललाई कानेपोखरी गाउँपालिकामा स्तानतरण भएता पनि तोकिएको केन्द्र स्थलमा निर्माण कार्य सम्पन्न पश्चात् पुन: स्तान्तरण गरिनेछ । गाउँपालिका अध्यक्ष राजमती इङ्गनाम र उपाध्यक्ष भोला प्रसाद अधिकारी द्वारा गाउँपालिका कार्यालय भवन प्रवेशको औपचारिक रुपमा समुद्धघाटन गर्नु भएकाे छ ।जसमा वडा न १,२,३ र ५का वडा अध्यक्ष तथा वडा सदस्यतथा स्थानिय वासिहरूकाे वाक्लाे उपस्थिति रहेकाे थियाे । कार्यक्रम पञ्चात खुसीले नाराबाजी समेत लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

[sharethis-reaction-buttons]

सम्बंधित खबर

कानेपोखरीमा  CHITF काे दुई दिने सेमिनार तथा रेफ्री ट्रे‍निङ कार्यक्रम सम्पन्न। थारू पाेर्टल

उखुबारीमा २६ बोरा गाँजा बरामद ।थारूपाेर्टल

आधुनिक सामग्री निर्माणकाे एड्भान्स तालिम सुरु।थारूपाेर्टल

अँशबन्डाकाे बिषयमा देवरले गरे भाउजूकाे हत्या ।थारू पाेर्टल

१ राउन्ड हवाई फाईर गर्दे ब्राउन सुगर सहित ३ पक्राउ ।थारू पाेर्टल

कानेपाेखरी टप सिंहदेवी माध्यमिक विद्यालयकी आराधना ।थारू पाेर्टल