फागुन।१७, शनिबार
रबिन्द्र बराल

माेरङकाे रंगेली नगरपालिका ७ स्थित शुक्रबारेमा बसाेबास गर्दे आईरहेका प्रविण महत्ताे राेजगारीका लागि साउदिमा रमाउदै आएका थिए । उनी बिगत ८ बर्ष आफ्नो परिश्रम बेचेर नेपाल फर्किएपछि गाउँमै १ बिघा खेत भाडामा लिएर उनलेे बिगत ५ बर्षदेखि समय अनुसार तरकारी खेति सुरु गरेका हुन । सुरुकाे अवस्थामा तरकारी खेतीबाट आफ्नो परिवार पालनपोषण गर्ने सहज हुदै आएता पनि पछिल्लो समयमा भने तरकारी खेतीबाट आफू निरास हुदै आएकाे प्रविनले बताए ।
गाउँमैकेही गराै र परिवार संगै बसेर बाँकी जिवन बिताउन बिदेश छाडेर नेपाल फर्किएता पनि अहिले पुनः बिदेश पलायन हुने अवस्थामा आफू पुगेकाे उनलेे बताएका छन । अहिलेकाे अवस्था तरकारी खेतीले आफुलाई परिवार पालनपोषण गर्ने समेत कठिनाई हुदै आएकाे र प्रदेश सरकार र स्थानीय सरकारले समेत तरकारी व्यवसायमा लागेका कृषकहरुलाई कुनै पनि सहयोग नगर्ने गरेका कारण अहिले आफुहरुले उत्पादन गरेकाे साग सव्जि हरु बारीमै कुहाएर फ्यालु पर्ने अवस्था समेत रहेको उनलेे बताएका छन । अहिले उनले एक बिघा खेतामा टमाटर ,काउली, खाेर्सानी र आलु उत्पादन समेत गरिरहेका छन ।
उनले केही महिना अगाडि टमाटर खेतीमा बैक बाट ५० हजार रुपैयाँ ऋिण लिएर टमाटर खेती सुरु गरतेपनि अहिले टमाटरकाे बजार भाउ नपाउदा खेतमै कुहाएर फ्लानु पर्ने अवस्था रहेको उनलेे बताए । उनले भने खुल्ला सिमा भएकाे कारणले गर्दे भारतबाट सस्तो मुल्यमा तरकारीहरु अत्यधिक मात्रामा नेपाल भित्रिन थाले पछि नेपाली कृषकहरुले उत्पादन गरेकाे तरकारीकाे बजार भाउपाउन नसकेकाे उनलेे बताए । अहिले नेपाली बजारमा टमाटरकाे खुद्रा मुल्य प्रतिकेजी २० रुपैयाँ रहेकाे बजारमा बिक्री नभएको र सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता समेत रहेको उनलेे बताए ।
अहिले उनी उक्त खेतीमा आफ्नो ४ जना परिवार दिन भरि काम गर्दा समेत आफुले राम्रोसँग आम्दानी गर्ने नसकेको दुखेसो पाेखेका छन । समयमै बजार भाउ नपाउनु र स्थानीय सरकारले समेत कृषकले उत्पादन गरेकाे सामग्री हरुकाे खरिदबिक्रीका लागि कुनै पहल नगरेकाे समेत आराेप लगाउदै आईरहेका छन । उनकाे बारीमा अहिले लटरम्म टमाटर पाकेता पनि उनले अहिले दैनिकी ५० केजी मात्रै बिक्री गर्दे आईरहेकाे उनलेे बताए । अहिले सबै पाकेकाे टमाटर टिप्नेहाे भने २ सय केजी निस्कने भएता पनि बजारमा बिक्री नहुने भए पछि खेतमै कुहिने गरेको समेत उनलेे बताए ।