फागुन, १८ आईतवार
रबिन्द्र बराल

गृह श्रमिक सिर्जनशिल महिला समाज नेपालले रंगेलीले अन्तर-पुस्ता महिलावादी मंच (IGFF) को अनुपम अभियान यात्रा सुरु गरेको छ । रंगेली ६ मा रहेको पब्लिक उच्च माध्यमिक विद्यालयकाे प्राङ्गणमा बाट महिलाकाे अधिकार सुनिश्चित गर सशक्त ,स्वाभिमान ,समता र २०८४ मा महिला पहिला भन्ने प्लेकार्ड लिएर रंगेलीकाे मुख्य बजार, अस्पतालचाेक , खानेपानी राेड हुदै नगरपालिका काे प्राङ्गणमा पुगेर -यालीलाई काेड सभामा परिणत गरेको थियोे ।

वि.सं. २०८० देखि २०८४ सम्मका लागि एक देशब्यापी महिलावादी “अनुपम अभियान”को शुरुवात गरेको हाे । यो अनुपम अभियान अन्तर्गत दोस्रो वर्षमा, एकजुट हुने प्रकृयामा देशब्यापी यात्राहरु गरेकाे सहभागी हरुले बताए । जस अनुसार पूर्व देखि पश्चिम सम्मको बस यात्रा हालै चैत्र महिनामा सम्पन्न गरेकाे र बसयात्रालाई पछ्याउँदै, प्रदेश, जिल्ला, पालिका र वडा भित्र यस्तै यात्राहरु वर्षभरि सम्पन्न हुने समेत जनाएका छन् ।

उक्त अभियान ५ वर्षे अनुपम अभियानको मुख्य लक्ष्य भनेको एउटा न्यायिक र समतामूलक समाज बनाउन टेवा पुर्याउने बिष्वस लिएकाे छ। महिलाहरुको आवाज बुलन्द गर्दै उनीहरुलाई राष्ट्रको हरेक तहमा निर्णायक भूमिकामा पुर्याउने र विकासको कूलो फर्काउदै, आत्मसम्मान र आत्मनिर्भता बढाउने प्रयास भईरहेको सहभागी हरुले बताए । कार्यक्रमका प्रमुख अतिथि igff केन्द बाट सरु जोशि ( श्रेष्ठ) विशीष्ट अतिथि pro.Dr सुजिता प्याकुरेल अन्तरपुस्ता महिलावादी मञ्चकी सदस्य कमला न्यौपाने ग्रिह श्रमिका अध्यक्ष सान्ता श्रेष्ठ , बिभीन्न संग संस्था हरुको सहभागिता राहेको थियो | उक्त कार्यक्रममा माहिलाहरुले सान्चालनमा ल्याएकाे पन्चेबाजा समेत ल्याएकाे थियोे ।