फागुन। २४
रबिन्द्र बराल

हुलाकी राजमार्गको बहुप्रतिक्षित रतुवापुल निर्माणकार्य सम्पन्न भए पछि बिराटनगर हाटखाेला, रंगेली ,डाईनिया आमवारी हुदै झापाकाे गाैरीञ्ज सम्मकाे लागि सार्वजनिक यातायात सन्चालमा आएको छ ।
बिराटनगर देखि गाैरिञ्ज सम्म दैनिकी ३० / ३० मिनेटकाे फरकमा १५ बटा सार्वजनिक यातायात नियमित रुपमा गौरीगञ्जको खजुरगाछी सम्म जान थालेकाे छ । हुलाकी सडक हुँदै बिराटनगर देखि गाैरिञ्ज सम्मको यातायात चल्न हुन थालेपछी बिराटनगर सम्म पुग्न सर्वसाधारण हरुले ४५ किलोमिटर छिटाे र छाेटाे दुरीबाट यात्रा गर्ने सहज हुन थालेको यात्रिहरुले बताए ।
रतुवामा पुल नबन्दा गौरीगञ्ज जानका लागि स्थानीय हरुले ईटहरी, उर्लाबारी ,दमक ,गाैरादह हुदै गाैरिञ्ज सम्म पुग्न ८५ किलोमिटर भएर जानुपर्ने बाध्यता हटेकाे स्थानीयले बताए । रंगेली बस पार्कका सन्चालक भुवन रायका अनुसार बिराटनगर बाट पहिलो बस बिहना ६:३० बजे छुट्ने र अन्तिम बस बेलुकी ५ बजे छुटने र गाैरिगञ्ज बाट बिरटनगरका लागि बिहान ५:५० छुटने र अन्तिम बस बेलुकी ४:१५ बजे छुट्ने समेत गरेको राय ले बताए ।





