फागुन। २५ आईतवार
रबिन्द्र बराल

अप्पन विराटगढ परोपकार समाज द्वारा रंगेलीमा फगुवा कार्यक्रम सम्पन्न भएको छ । रंगेली ७ स्थित काली मंन्दिरकाे प्राङ्गणमा भएको उक्त कार्यक्रममा “मैथिली भाषा लोककला संरक्षण एवं जागरण अभियान” अन्तर्गत “हमहुँ गेबैए फगुवा”कार्यक्रमका गरिएको थियोे । कार्यक्रमकाे प्रमुख अतिथि सामाजसेवी शंकर साह , वरिष्ठ अतिथि रंगेलीका पुर्व प्रधानाध्यापक सुरेश मिश्रा , जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य पन्नालाल मंडल , उर्मिला मंडल कार्यक्रम संस्थाकि अध्यक्ष बसुन्धरा झा मैथिली अभियाका देवता रानी दत्त, कृति कला कर्ण, सनोज साह, ममता ठाकुर, लक्ष्मी रिषिदेव, लगायतकाे समेत उपस्थिति रहेको थियोे ।
कार्यक्रममा मिथिला क्षेत्रमा विशेष योगदान पुर्याउने ५५ जना लाई मिथिला पेन्टिङ्गले सम्मान गर्नुका साथै एभिन्युज टेलिभिजनका माेरङ।रिपाेटर रबिन्द्र बराल लाई समेत सम्मान गरिएको थियोे । कार्यक्रममा वालकलाकार हरुले मैथिली गीतमा नृत्य समेत गरेर सहभागी हरुलाई मनाेरञ्न समेत गराएका थिए ।