फागुन। २७। कानेपाेखरी
विद्यानन्द चाैधरी
माेरङ्गकाे कानेपाेखरी अस्पतालकाे तेस्राे वार्षीक स्थापना दिवस फागुन २७गते अस्पताल परिसरमा एक ओेपचारीक कार्यक्रम गरेर सम्पन्न भएकाे छ । कानेपाेखरी अस्पताल व्यवस्थापन समिति अध्यक्ष रमेश राउतकाे अध्यक्षतामा सँचालन भएकाे कार्यक्रम कानेपाेखरी गाउँपालिका उपाध्यक्ष भाेला प्रसाद अधिकारीकाे प्रमुख आतिथि्यतामा दीप प्रवज्वलन तथा व्यानर बाचन गरेर समुदघाटन गरीएकाे थियाे । कानेपाेखरी गाउँपालिका निमित् अधिकृत मचिन्द्र थुलुङ्गकाे विशिष्ट अतिथी रहेकाे थियाे ।
अस्पतालकाे प्रतिवेदन व्यवस्थापन समिति अध्यक्ष रमेश राउतले प्रस्तुत गर्नु भएकाे थियाे भने याे अस्पताल २०७८साल फागुन २७गते बयरवन स्वास्थ्य चाैकी बाट कानेपाेखरी अस्पतालका नामबाट स्थापना भएकाे थियाे ।अस्पतालमा विभिन्न प्रकारका सेवाहरु दिदै आईरहेकाे छ ।समिती सदस्य उमेश पाैडेलले स्वागत मन्तव्यबाट स्वागत गर्नु भएकाे थियाे ।
कानेपाेखरी अस्पतालकाे डा अभिजित खडकाले अस्पतालकाे अवस्थाबारे जानकारी दिनु भयाे ।जसमा ३४ जना क्रमचारी रहेकाे अस्पतालमा २४सै घन्टा ईमरजेनसी सेवा २४सै घन्टा फार्मेसी २४सै घन्टा प्रसुती सेवा दि रहेकाे छ ।भने ३८हजार ६सय ३० जना विरामीकाे उपचार गरिसके छ भने ३७जनालाई प्रसुती सेवा १७जना गर्भपतन सेवा समेत दिसकेकाे छ भने कानेपाेखरी अस्पतालकाेलागी अहाे रात्र खटने ४ जना कर्मचारीलाई जनही ७हजार ५सय नगद सहित सम्मानपत्रले सम्मान गरेकाे छ ।सम्मानित हुनु हुने हरुमा वर्षा धिमाल , सरस्वती तामाङ्ग,महेश शाह र मन्दिरा भण्डारी रहेका छन ।
कानेपाेखरी अस्पताललाई समाजिक रूपमा सहयाेग गर्नुहुने ११ जनालाई सम्मान पत्र र दाेसल्लाले सम्मान गरेका थिए । कानेपाेखरी अस्पतालकाे तेस्राे वार्षीक स्थापना दिवसमा विभिन्न सँघसँस्थाका प्रतिनिधी हरु वडाका जन प्रतिनिधी लगायतकाे आतिथिता रहेकाे थियाे भने कानेपाेखरी अस्पताल प्रशासन प्रमुख राेहिन्द्र राजभण्डारीले कार्यक्रम सँचालन गर्नु भएकाे थियाे ।उक्त कार्यक्रममा सबै वडाका वडा बासीहरुकाे बाक्लाे उपस्थिती रहेकाे थियाे ।