रबिन्द्र बराल
चैत्र १३ बुधबार

माेरङकाे रंगेली अस्पतालमा चैत्र ३ गतेदेखि हाईड्राेसिल र हर्नियाकाे निशुल्क सल्यक्रिया सेवा भईरहेकाे छ । प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य कार्यालय मोरङ्आयोजन र रंगेली अस्पतालकाे सहकार्यमा चैत्र ३ गतेदेखि रंगेली अस्पतालले हाईड्राेसिल तथा हर्नियकाे उपचार सुरु गरेको हाे ।
रंगेली अस्पतालकाे सहकार्यमा ३ गतेदेखि रंगेली अस्पतालले हाईड्राेसिलकाे उपचार सुरु गरेको हाे ।अस्पतालले हाल सम्म ८० जना युवा तथा बृद्ध हरुकाे सफलता पुर्वक डाक्टर हरुले सल्यक्रिया गरिरहेका छन । अस्पतालमा रंगेली नगरपालिका ,सुनवर्सि नगरपालिका ,रतुवा माई नगरपालिका , धनपाल गाउँ पालिका , झापाकाे गाैरिञ्ज नगरपालिका तथा लागयतका स्थन हरुका बिरामी हरुले सेवा २० बर्ष देखि ६७ बर्ष युव तथा वृद्ध हरुकाे अप्रेसन गराएका छन ।
डाक्टरका अनुसार तराई क्षेत्रमा सबैभन्दा बडि मजदुरी गर्ने , भारी सामान बाेक्ने, हरुलाई बडि मात्रामा हाईड्राेसिल र हर्निया हुने गरेको डाक्टर हरेराम माझीले बताए ।डाक्टरका अनुसार हाईड्राेसिल भनेकाे पुरुष हरुकाे अन्डकाेषमा पानी भरिएर ठुलाे हुनुनै हाईड्राेसिल भनिन्छ ।कसरी हुन्छत हाईड्राेसिल पुरुष हरुले अन्ड काेषकाे नियमीत रुपमा सरसफाइ गर्नुपर्ने हुन्छ तर सरसफाइ नगरेमा इन्फेक्सन भएर हाईड्राेसिल हुने डाक्टर माझीले बताए । रंगेली ५ शिवा मंण्डलका अनुसार आफुहरुले निशुल्क रुपमा उपचार पाउँद आफुहरु खुशि भएको उनलेे बताए । जिल्ला स्वास्थ्य कार्यलय माेरङका अनिल देवका अनुसार बिरामी हरुकाे चाप बडिरहेकाे हुनाले शिविरकाे समय अझै थप हुन सक्ने समेत उनलेे बताए ।