'अजम्बरी साना किसान कृषि सहकारी संस्था लिमिटेड को प्रारम्भिक साधारणसभा सम्पन्न।थारू पाेर्टल'

May 12, 2026

विज्ञापन
No data was found

बैशाख।२९।कानेपोखरी।

 मोरङको कानेपोखरी गाउँपालिका–२ केरौनस्थित सहकारीको तोरी मिल भवनमा आइतबार आयोजित साधारणसभा संस्थाको एकीकरणपछिको पहिलो साधारणसभा हो ।

अजम्बरी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडसाना किसान कृषि सहकारी संस्था लिमिटेड बीच एकीकरण भई स्थापना भएको सहकारीको साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । सविता राईको संयोजकत्वमा रहेको ११ सदस्यीय तदर्थ समितिले सम्पन्न गराएको निर्वाचनबाट विर्षकला राई अध्यक्ष, सरस्वती पाण्डे उपाध्यक्षसहित ९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको जनाएको छ ।

कार्यक्रममा संयोजक सविता राईले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा सुपरिवेक्षण समिति संयोजक तुलसी कार्कीले लेखा प्रतिवेदन वाचन गर्नुभएको थियो । हाल सहकारीमा १ हजार १७ जना सदस्य आबद्ध रहेका छन् । कार्यक्रम सञ्चालन इन्द्रकुमारी लिम्बुले गर्नुभएको थियो ।

साधारणसभा राजमती इङ्गनाम को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष इङ्गनामले समान उद्देश्य र भिजन बोकेका सहकारी संस्थाहरूबीच एकता आवश्यक रहेको बताउँदै कानेपोखरी क्षेत्रका समान प्रकृतिका सहकारीहरूलाई एकीकृत भई अघि बढ्न आग्रह गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.