मंसिर ४ शुक्रबार
रबिन्द्र बराल
मोरङको इलाका प्रहरी कार्यालय रंगेलीको कार्यक्षेत्रभित्र पर्ने नेपाल भारत सीमा सुरक्षा तस्करी तथा अपराध नियन्त्रणका लागि विभिन्न स्थानमा प्रहरी चाैकीहरूरहेता पनि साे क्षेत्रबाट तस्करी नियन्त्रणमा भने प्रभावकारी रुपमा कामहुन सकेको छैन । करिब २७ किलोमिटर क्षेत्रको निगरानी गर्ने जिम्मेवारी पाएको रंगेली इलाका प्रहरी कार्यालय रंगेली अन्तर्गत आठवटा प्रहरी चाैकीहरु रहेका छन्।
पछिल्लो समय रंगेली प्रहरीले लागूऔषध नियन्त्रण गर्ने विषयमा सक्रियता देखाउँदै आएको भएता पनि तस्करी नियन्त्रणमा प्रहरीकाे भुमिका माथि नै प्रश्न उठिरहेको छ । बिगतका बर्षहरुमा रंगेली प्रहरी प्रमुख भएर आउने प्रहरी प्रमुखहरुले आफू आएको समयमा सिमाक्षेत्रबाट भन्सार छलेर अबैध रुपमा नेपाल भित्र्याउने गरेका सामग्री तथा तस्करहरुलाई समेत पक्राउ गर्ने गरेका थिए ।

केहि महिना देखि साे क्षेत्र बाट तस्करी गरेर नेपाल भित्र्याउने सामग्री हरु निर्भाद रुपमा तस्करी भईरहदा रंगेली प्रहरी माैन रहेको स्थानीयले बताए। नेपाल सरकारले चाेरी तस्करी नियन्त्रणका लागि सिमाक्षेत्रमा प्रहरी चाैकीहरु स्थापना गरेता पनि साेही क्षेत्रबाट भन्सार छलेर बडि मात्रामा तस्करी हुनेगरेको पाईएकाे छ । विशेषगरी रंगेली प्रहरीका मातहतमा रहेकाे अमाही बरियाती प्रहरी चाैकी , सिक्टी प्रहरी चाैकी , आमगाछी प्रहरी चौकी र ईलाका प्रहरी कार्यलय रंगेली नेपाल–भारत सीमासँग जोडिएका संवेदनशील क्षेत्रमा पर्दछन ।
साेही क्षेत्रहुदै भारतबाट अवैध रूपमा खाद्यान्न, लत्ताकपडा, हार्डवेयर सामग्री लगायतका सामान प्रहरीकाे फितलाे निगरानीका कारण बडि मात्रामा तस्करी हुदै आईरहेकाे छ । रंगेली प्रहरीकाे मातहतमा रहेकाे प्रहरी चाैकीहरुमा पाेखरिय प्रहरी चाैकी ,अमाहि बर्याती प्रहरी चाैकी, मायाँग्नज प्रहरी चाैकी , आमगाछी प्रहरीले चाैकी (क ) आमगछी प्रहरी चाैकी (ख) ईलाका प्रहरी कार्यलय रंगेली , सिक्टि प्रहरी चाैकी र बल्डङ्गा प्रहरी चाैकी रहेको र साे क्षेत्र २७ किलाे मिटर एरिया ईलाका प्रहरी कार्यलय रंगेलीकाे निगरानी रहेको छ ।

जिल्ला प्रहरी माेरङका सुचना अधिकृतका मकिन्द्र कुमार मिश्राका अनुसार रंगेली प्रहरीद्वारा पाँच महिनामा १३ लाख ७ हजार ४ सय ४ रुपैयाँ राजस्व संकलन गरेको उनलेे बताए । असार महिनामा रु. २४ हजार ६५०, साउनमा ५ लाख ८१ हजार ३ सय ९० भदौमा रु. ४ लाख ८७ हजार २०, असोजमा रु. १ लाख ७६ हजार ५२० र कात्तिक महिनामा रु. ३७ हजार ८ सय २४ संकलन भएको थियोे । पाँच महिनाको तथ्यांक हेर्दा सबैभन्दा बढी साउन महिनामा रु. ५ लाख ८१ हजार ३९० संकलन भएको देखिन्छ त्यसपछि क्रमशः राजस्व निरन्तर घट्दै जान समेत थालेको तथ्यांकले देखाउछ ।
विशेषगरी कार्तिक महिनामा बिषेश चाडपर्वको समयमा बजारमा उपभोग्य वस्तुको माग बढ्ने भए पनि कार्तिक महिनामा ३७ हजार रुपैयाँ मात्रै राजस्व संकलनमा भएको तथ्यांक देखिएको छ। यसरी प्रत्येक महिना राजस्वमा गिरावटले सीमा क्षेत्रमा प्रहरीको निगरानी तथा तस्करी नियन्त्रणको कार्यशैलीमाथि प्रश्न उठन थालेको छ। पछिल्लो समयमा रंगेली प्रहरीले लागुओैषध नियन्त्रणमा राम्रो भुमिका देखाएता पनि तस्करी नियन्त्रणमा दिनप्रतिदिन खस्कदै गईरहेकाे स्पस्ट रुपमा देखिन्छ । सीमा सुरक्षालाई प्रभावकारी बनाउन नेपाल प्रहरीको जिल्ला नेतृत्व र कोशी प्रदेश प्रहरी कार्यालय तथा गृह प्रशासनले सिमा क्षेत्रमा हुने चाेरी तस्करी नियन्त्रणमा ठाेस कदम चलाउनुपर्ने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।