असार १८ बिहीबार
रबिन्द्र बराल

मोरङको रङ्गेली नगरपालिकाले महिला तथा युवालाई आत्मनिर्भर, सीपयुक्त र उद्यमशील बनाउने उद्देश्यका साथ १५ दिने तालिम सम्पन्न भएको छ। जैविक मल तथा वनस्पतिक विषादी उत्पादन र च्याउ खेती उत्पादक तथा बजार व्यवस्थापनका बारेमा समेत तालिममा सहभागी हरुलाई जानकारी गराएकाे थियोे । जैविक मल तथा वनस्पतिक विषादी सम्बन्धी असार ४ गते देखि १८ गतेसम्म तथा च्याउ खेती उत्पादकका बिषयमा तालिम भएको थियोे ।रंगेली नगरपालिकाका विभिन्न वडाका ३० जना महिला तथा पुरुष सहभागीता रहेको थिए। कार्यक्रमका प्रमुख अतिथि राधिका गौतमले कृषि क्षेत्रमा आधुनिक सीप, प्रविधि र उद्यमशीलताको विकास नै आर्थिक समृद्धिको आधार भएको बताउँदै तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गरिन्।

उनले विशेषगरी महिलाहरूले कृषि उद्यममार्फत परिवारको आयआर्जन वृद्धि गरी आत्मनिर्भर बन्न सक्ने विश्वास व्यक्त समेत गर्नुभएको छ। मनकामना स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टरकी अध्यक्ष कमला न्यौपानेले तालिमले सहभागीहरूलाई रोजगारी खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने दिशामा अघि बढ्न प्रेरणा दिने बताइन्। स्थानीय स्रोत–साधनको उपयोग गर्दै जैविक उत्पादन र च्याउ खेतीलाई व्यवसायका रूपमा विकास गर्न सके राम्रो आम्दानी लिन सकिने उनको भनाइ रहेको थियो। कार्यक्रममा सबिना बास्के, सुजता पोखरेल, आस्था शाह, गणेश दाहाल र रिना शर्मा लगायतको समेत उपस्थिति रहेको थियो ।

तालिमकी प्रशिक्षक आस्था साहले सहभागीहरूलाई गुणस्तरीय जैविक मल उत्पादन, वनस्पतिक विषादी तयार गर्ने विधि तथा व्यावसायिक च्याउ खेतीका व्यावहारिक पक्षबारे प्रशिक्षण दिएकी थिइन्। सहभागीहरूले तालिमबाट प्राप्त ज्ञानले आफ्नै गाउँघरमा कृषि व्यवसाय सुरु गर्न आत्मविश्वास बढेको प्रतिक्रिया दिएका छन्। उनीहरूले बजारमुखी उत्पादन गरी आयआर्जन बढाउने विश्वास समेत व्यक्त गरे। कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
जैविक मल तथा वनस्पतिक विषादी तालिममा अनिता कुमारी झा तथा च्याउ खेती उत्पादक तालिममा सोनी कुमारी यादव लगायतका सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। रंगेली नगरपालिकाले यस्ता सीपमूलक तथा उत्पादनमुखी तालिमलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ। स्थानीय सरकारको यस्तो पहलले विशेषगरी उद्यमी महिलाको आर्थिक सशक्तीकरण, आत्मनिर्भरता र दिगो कृषि विकासमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। रंगेली नगरपालिकाको आर्थिक सहयोग तथा मनकामना स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर, सुन्दरहरैंचाको प्राविधिक सहयोगमा सञ्चालन गरिएको थियोे ।