मेनु

वीरगन्जमा भारतीय कारबाट चार थान पेस्तोल र गोली बरामद ।थारू पाेर्टल

वीरगन्जमा भारतीय कारबाट चार थान पेस्तोल र गोली बरामद ।थारू पाेर्टल

वीरगन्ज ।

पर्साको वीरगन्जमा सशस्त्र प्रहरीले भारतीय नम्बर प्लेटको कारबाट चार थान पेस्तोल र गोली बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साबाट खटिएको मोबाइल टोलीले बुधबार राति वीरगन्ज महानगरपालिका–१५ स्थित वास्तुबिहार चोकमा रोकिराखेको यूपी १६ एजे ३३०१ नम्बरको भारतीय कार जाँच गर्ने क्रममा हातहतियार र गोली बरामद गरेको हो।

सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाका आधारमा कार जाँच गरिएको थियो। कारभित्र बोरामा लुकाएर राखिएको अवस्थामा २ थान कटुवा पेस्तोल, २ थान सिक्सर पेस्तोल र ७ दशमलव ६२ एमएमका ६ थान गोली फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

 

बरामद हातहतियार, गोली र कारलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ।

सशस्त्र प्रहरीका सूचना अधिकारी एवं डीएसपी प्रकाश भट्टका अनुसार कार कसले र कुन प्रयोजनका लागि प्रयोग गरेको थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।