मेनु

असोज ८ देखि नेपालमा भारी वर्षाको सम्भावना

असोज ८ देखि नेपालमा भारी वर्षाको सम्भावना

काठमाडौं, असोज ४ । मौसमविद्हरूका अनुसार यस पटक पनि असोजमा केही वर्षयताजस्तै भारी वर्षा हुने सम्भावना रहेकाले मौसमी सूचनाबारे जानकारी लिँदै आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ।

असोज ८ देखि १२ गतेसम्म बंगालको खाडीबाट विकसित प्रणाली र पश्चिमी वायुमण्डलीय प्रणालीको अन्तरक्रियाका कारण नेपालमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।

विशेषगरी सुदूरपश्चिम र मध्य नेपालमा वर्षाको प्रभाव बढी पर्न सक्ने भएकाले बाढी, पहिरो तथा जनधनको क्षति रोक्न आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।