मेनु

विद्युतीय कारोबार ऐन कसुरमा भरतमणि दाहाल मोरङबाट पक्राउ

विद्युतीय कारोबार ऐन कसुरमा भरतमणि दाहाल मोरङबाट पक्राउ

विराटनगर, असोज ४ । विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर मुद्दामा फरार रहेका ६५ वर्षीय भरतमणि दाहाल (भरत दाहाल) मोरङबाट पक्राउ परेका छन्।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ घर भएका दाहाललाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले आज (सोमबार) बिहान ८ बजे मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं. ८ सलकपुरबाट नियन्त्रणमा लिएको हो ।
काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो भोटाहिटीको पत्राचारका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मर्केन्द्र कुमार मिश्रले जानकारी दिएका छन् । पक्राउ परेका दाहाललाई आवश्यक कारबाहीका लागि काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।