पथरी शनिश्चरे समाचारदाता,
असाेज-१८ गते
पथरी। पथरी शनिश्चरे गोल्डकप अन्तर्गत भएको आइतबार खेलमा साबिक विजेता सलहेस युथ क्लब सिराहाले लज्जास्पद हार व्यहोरेको छ ।

न्युरोड टिम (एनआरटी)ले ३-० गोल अन्तरले पराजित गर्दै तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकपबाट सिरहालाई बाहिरायो । एनआरटीले खेलको १०औं मिनेटमै सलहेसका निग्मा घिसिङको आत्मघाती गोलबाट अग्रता लिएको थियो। निर्धारित ९० मिनेटको खेल सकिन १० मिनेटअघि एनआरटीका कृष्णबहादुर आलेले गोल गर्दै टोलीको अग्रता २–० बनाए। निर्धारित समयपछि थपिएको ४ मिनेटको दोस्रो मिनेटमा सुदीप श्रेष्ठले गोल गरेपछि एनआरटी ३–० ले विजयी भयो। खेलको म्यान अफ दी म्याच एनआरटीका गोलकिपर विशाल सुनार घोषित भए। क्लबका सचिब केशर राईका अनुसार सोमबारको खेल झापा–११ र थ्री स्टार क्लब ललितपुरबीच प्रतिस्पर्धा हुनेछ।



प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।