मेनु

पर्यटक भिसामा आएर धार्मिक गतिविधि गरेको आरोपमा कानेपोखरीबाट १० विदेशी पक्राउ ।थारू पाेर्टल

पर्यटक भिसामा आएर धार्मिक गतिविधि गरेको आरोपमा कानेपोखरीबाट १० विदेशी पक्राउ ।थारू पाेर्टल

कानेपोखरी, १२कात्तिक ।

मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीबाट पर्यटक भिसाको दुरुपयोग गरी अनुमति नलिई स्वास्थ्य शिविर

सञ्चालन गरेको तथा धार्मिक गतिविधिमा संलग्न रहेको आरोपमा १० जना विदेशी नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ब्राजिल, क्यानडा र अमेरिकाका नागरिक रहेको जनाइएको छ। गृह मन्त्रालयका अनुसार ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थामार्फत पर्यटक भिसामा नेपाल आएका विदेशी चिकित्सकसहितको टोलीले आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गरिरहेको थियो।विदेशी नागरिक अनुगमन जिल्ला समितिको निर्णयअनुसार पक्राउ परेका व्यक्तिका राहदानीलगायत कागजात आवश्यक कारबाहीका लागि अध्यागमन विभाग पठाइएको मन्त्रालयले जनाएको छ। उनीहरूमाथि पर्यटक भिसाको उद्देश्यविपरीत गतिविधि गरेको आरोपमा अनुसन्धान भइरहेको छ।

कात्तिक ८ गतेदेखि चार दिनसम्म सञ्चालन गर्ने तयारीसहित सुरु गरिएको शिविरमा १० जना विदेशी नागरिकसहितको टोलीले सेवा दिइरहेको बताइएको छ। शिविरको तयारी पास्टर पावेल दङ्गालले गरेको जनाइएको छ।

स्थानीयस्तरमा अस्पताल निर्माण गर्ने उद्देश्यले प्रयोग गरिने भनिएको जग्गामा यसअघि पास्टर दङ्गालले क्रिश्चियन धर्मसम्बन्धी कक्षा सञ्चालन गर्दै आएको बताइएको छ। उक्त स्थानमा अस्पताल निर्माणका लागि तीन कट्ठा जग्गामा छवटा साना–ठूला भवन निर्माण गरिएका थिए। पछिल्लो समय ती भवन धार्मिक गतिविधि तथा अन्य कार्यक्रम सञ्चालनका लागि प्रयोग हुँदै आएको जनाइएको छ।सोही स्थानमा सञ्चालन हुँदै आएका गतिविधिलाई लिएर विवाद उत्पन्न भएपछि त्यसलाई मत्थर पार्ने उद्देश्यले व्यवसायी श्रेष्ठले स्वास्थ्य शिविर आयोजना गरेको बताइएको छ।

अध्यागमन विभागका अनुसार पक्राउ परेका विदेशी नागरिकहरू गत अक्टोबर २२ र २३ मा नेपाल प्रवेश गरेका थिए। उनीहरूको भिसाको अवधि नोभेम्बर ६ देखि २१ सम्म रहेको जनाइएको छ।पर्यटक भिसामा नेपाल आएका विदेशी नागरिकले आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गरेको तथा धार्मिक गतिविधिमा संलग्न रहेको आरोपमा सम्बन्धित निकायले अनुसन्धान अघि बढाएको छ। यद्यपि, उनीहरूमाथि लागेको आरोप पुष्टि हुन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।