मेनु

पूर्वी नेपालमा ‘टोली थिएटर’ स्थापना हुँदै, नयाँ कलाकारलाई अवसर ।थारू पाेर्टल

पूर्वी नेपालमा ‘टोली थिएटर’ स्थापना हुँदै, नयाँ कलाकारलाई अवसर ।थारू पाेर्टल

 कानेपाेखरी ।कार्तिक,८ ।

अनभिय तथा नाट्यकलाको विकास गर्ने उद्देश्यले पूर्वी नेपालमा ‘टोली थिएटर’ स्थापना गर्ने तयारी गरिएको छ। थिएटरले नयाँ तथा अनुभवी कलाकारलाई जोड्दै सिर्जनात्मक क्षेत्रमा रुचि राख्ने व्यक्तिका लागि सदस्यता तथा सहभागिताको आह्वान गरेको छ।

टोली थिएटरमार्फत अभिनय, नृत्य, गायन, लेखन, स्क्रिप्ट निर्माण तथा निर्देशनलगायत विभिन्न सिर्जनात्मक विधामा रुचि राख्ने व्यक्तिले आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पाउनेछन्।

नाटक तथा अभिनय कलामा रुचि भएका नयाँ प्रतिभालाई प्रोत्साहन गर्नुका साथै यस क्षेत्रमा अनुभव हासिल गरिसकेका कलाकारलाई समेत एउटै मञ्चमा जोडेर कलात्मक गतिविधि अघि बढाउने लक्ष्य थिएटरले लिएको छ।

कलाक्षेत्रमा आफ्नो पहिचान स्थापित गर्न चाहने युवायुवती तथा अन्य इच्छुक व्यक्तिलाई सहभागी हुन आह्वान गरिएको छ। थिएटरले नयाँ प्रतिभाको क्षमता विकास गर्दै नाट्यकला र सिर्जनात्मक गतिविधिलाई थप सक्रिय बनाउने अपेक्षा गरेको छ।

आवेदन तथा सम्पर्क

इच्छुक व्यक्तिले उपलब्ध गराइएको आवेदन फाराममार्फत आवेदन दिन सक्नेछन्।याे लिङमा जानुहाेला

https://bit.ly/4z58ytF

977 9820351484

Toli Theatre

यस अभियानमा थारू पोर्टल, मिडिया पार्टनरका रूपमा रहेका छन्।

https://bit.ly/4z58ytF

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।