कार्तिक।१४।
विष्णु राजबंशी

कटहरी–२ कदमटोलीमा आयोजित कार्यक्रममा भाषा, संस्कृति, परम्परा र सामाजिक एकताको संरक्षणमा जोडकटहरी, मोरङ। राजवंशी समाजको भाषा, संस्कृति, परम्परा तथा पहिचानको संरक्षण र सामाजिक एकता अभिवृद्धि गर्ने उद्देश्यले राजवंशी समाज उत्थान समिति विराटद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा मोरङको कटहरी गाउँपालिका–२, कदमटोलीमा आयोजित कार्यक्रममा राजवंशी समुदायका अगुवा, बुद्धिजीवी, समाजसेवी तथा विभिन्न तहका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा राजवंशी समाज उत्थान समिति विराटका केन्द्रीय अध्यक्ष भुवनेश्वर राजवंशी प्रमुख अतिथि तथा वरिष्ठ उपाध्यक्ष प्रदीप विश्वास विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

गाउँ एकाइ समितिकी सभापति सुनिता राजवंशीको नेतृत्वमा आयोजित कार्यक्रममा समितिका उपाध्यक्ष हृदयकुमार राजवंशी, महासचिव सिधुलाल राजवंशी, सचिव बसन्त राजवंशी, सहसचिव विश्वमान राजवंशीलगायत केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी केन्द्रीय सदस्यहरू देव नारायण राजवंशी, जवाहरलाल राजवंशी, पन्नालाल राजवंशी तथा जिल्ला अध्यक्ष इन्द्रलाल राजवंशीलगायत विभिन्न गाउँ तथा नगरका प्रतिनिधि र बुद्धिजीवीहरूको सहभागिता थियो।
कार्यक्रममा राजवंशी समुदायको मौलिक भाषा, संस्कृति, परम्परा र पहिचान संरक्षणका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिइएको थियो। वक्ताहरूले नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कार र संस्कृतिसँग जोड्दै समुदायबीच आपसी सद्भाव, भाइचारा र एकता कायम गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।चाडपर्वलाई केवल उत्सवका रूपमा मात्र नभई सामाजिक सम्बन्ध सुदृढ गर्ने र सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने अवसरका रूपमा लिनुपर्ने सन्देशसमेत कार्यक्रमले दिएको छ।

कार्यक्रमको अन्त्यमा आयोजकले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण राजवंशी समुदायसहित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको थियो।


प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।