मेनु

नेदरल्यान्डबाट १५ सदस्यीय टोली कानेपोखरीमा, सुरक्षित आवास निर्माणमा श्रमदान गर्ने ।थारू पाेर्टल

नेदरल्यान्डबाट १५ सदस्यीय टोली कानेपोखरीमा, सुरक्षित आवास निर्माणमा श्रमदान गर्ने ।थारू पाेर्टल

कानेपोखरी, मोरङ ।

कार्तिक।१६।

मोरङको कानेपोखरी गाउँपालिका–२, दलेलीस्थित ऋषिदेव बस्तीमा निर्माणाधीन सुरक्षित आवास निर्माण कार्यमा श्रमदान गर्न नेदरल्यान्डबाट १५ सदस्यीय विदेशी टोली कानेपोखरी आइपुगेको छ।

टोलीलाई आज गाउँपालिका उपाध्यक्ष भोलाप्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत मित्रदेव लम्साल र प्रशासन शाखा अधिकृत मचिन्द्र थलङले स्वागत गर्नुभएको हो।

कानेपोखरी गाउँपालिका, ह्याविटाट फर ह्युमानिटी नेपाल र सहारा नेपालको त्रिपक्षीय साझेदारीमा गाउँपालिकाभित्र ४५ वटा सुरक्षित आवास निर्माण भइरहेको छ। जसअन्तर्गत वडा नं. २ को दलेली पूर्वस्थित ऋषिदेव बस्तीमा ३२ वटा र वडा नं. ५ को करमटोलमा १३ वटा घर निर्माण गर्ने योजना रहेको छ।

निर्माणाधीन आवासमा श्रमदान गर्न आएको नेदरल्यान्डको टोलीले स्थानीय समुदायसँग मिलेर निर्माण कार्यमा सहयोग गर्नेछ। यस कार्यक्रमले विपन्न तथा आवासविहीन परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने अभियानमा अन्तर्राष्ट्रिय सहकार्य र सामुदायिक सहभागितालाई समेत जोड्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।