मेनु

जहदाको उपाध्यक्षमा पुष्पा राजवंशीको दाबेदारी, रास्वपाको ‘क्यान्डिडेट क्लब’ मार्फत सिफारिस।थारू पाेर्टल

जहदाको उपाध्यक्षमा पुष्पा राजवंशीको दाबेदारी, रास्वपाको ‘क्यान्डिडेट क्लब’ मार्फत सिफारिस।थारू पाेर्टल

जहदा,मोरङ ।कार्तिक।१७ 

विष्णु राजबंशी

राजनीतिमा परिवर्तन केवल नाराले होइन, साहस, इमानदारी, मेहनत र नेतृत्व गर्ने इच्छाशक्तिले सम्भव हुन्छ। यही सन्देशसहित मोरङको जहदा गाउँपालिकाको उपाध्यक्ष पदका लागि पुष्पा राजवंशीको नाम चर्चामा आएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘क्यान्डिड क्लब’ मार्फत पुष्पा राजवंशीलाई जहदा गाउँपालिकाको उपाध्यक्ष पदका लागि सिफारिस गरिएको बताइएको छ। उनको सिफारिससँगै जहदाको स्थानीय राजनीतिक वृत्तमा नयाँ नेतृत्व र महिला सहभागिताबारे चर्चा सुरु भएको छ।


निडर, मेहनती र इमानदार महिला नेतृका रूपमा आफ्नो राजनीतिक पहिचान स्थापित गर्ने लक्ष्यसहित अघि बढेकी पुष्पा राजवंशीको सम्भावित उम्मेदवारीलाई धेरैले नयाँ राजनीतिक सम्भावनाका रूपमा हेरेका छन्।
महिला नेतृत्वको नयाँ सम्भावना, राजवंशी समुदायमा उत्साह!


जहदा गाउँपालिकामा महिला नेतृत्वलाई स्थापित गर्ने, पछाडि पारिएका समुदायको आवाज बुलन्द गर्ने र स्थानीय जनताका आधारभूत समस्यालाई प्राथमिकतामा राख्ने विषय अहिले महत्वपूर्ण बनेका छन्।
राजवंशी समुदायबाट उपाध्यक्ष पदमा सम्भावित उम्मेदवारीको सिफारिस हुनु राजनीतिक प्रतिनिधित्वका दृष्टिले पनि चासोको विषय बनेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।