मेनु

नेपाली कांग्रेसको जिल्ला सदस्यमा विजय किस्कुको उम्मेदवारी ।थारू पाेर्टल

नेपाली कांग्रेसको जिल्ला सदस्यमा विजय किस्कुको उम्मेदवारी ।थारू पाेर्टल

कानेपोखरी, मोरङ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ जिल्ला अधिवेशनमा कानेपोखरीका विजय किस्कुले जिल्ला सदस्य पदमा  भुगाेल तर्फबाट   उम्मेदवारी दिएका छन्।

कानेपोखरी निवासी किस्कुले पार्टी संगठनलाई थप सुदृढ बनाउने तथा जिल्लाको विकास र जनताको हितमा काम गर्ने उद्देश्यसहित जिल्ला सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका हुन्।

उनले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्न नेपाली कांग्रेसलाई विजयी गराउन सबै नेता तथा कार्यकर्तासँग सहयोग र समर्थनको अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।