मेनु

साम्बाबने दोस्रो पटक पथरीशनिश्चरे नगर च्याम्पियन ।थारू पाेर्टल

साम्बाबने दोस्रो पटक  पथरीशनिश्चरे नगर च्याम्पियन ।थारू पाेर्टल

 पथरी, ३० कात्तिक ।

मोरङको पथरीशनिश्चरेमा आयोजित ‘सुशिला कन्दङ्वा स्मृति तेस्रो पथरीशनिश्चरे रेटिङ बुद्धिचाल प्रतियोगिता–२०८३’ मा लोकसागर साम्बा दोस्रो पटक नगर च्याम्पियन बनेका छन्।बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिको आयोजनामा एभरेष्ट बोर्डिङ स्कुलमा सम्पन्न प्रतियोगितामा साम्बाले ८ खेलबाट शतप्रतिशत ८ अंक प्राप्त गर्दै उपाधि जितेका हुन्। उनले फाइनलमा पुकार राईलाई पराजित गरेका थिए। साम्बा गत वर्ष पनि नगर च्याम्पियन बनेका थिए।

प्रतियोगितामा ६ अंकसहित पुकार राई दोस्रो र समान ६ अंक प्राप्त गरेका अनिश तामाङ तेस्रो भए।महिलातर्फ सेम्रिल राई च्याम्पियन बनिन्। उनले अपराजित रहँदै ४ अंक प्राप्त गरिन्। त्यस्तै, १६ वर्षमुनिको उमेर समूहमा ३.५ अंकसहित सिद्धान्त कन्दङ्वा च्याम्पियन बने।

नगर च्याम्पियन साम्बाले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। दोस्रो र तेस्रो हुनेले क्रमशः ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गरे। महिला तथा यू–१६ विधाका विजेतालाई पनि नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोले उद्घाटन गरेको प्रतियोगितामा ६० जना खेलाडीको सहभागिता रहेको थियो। चार दिनसम्म सञ्चालन भएको प्रतियोगिताको प्रायोजन एभरेष्ट बोर्डिङ स्कुलका सञ्चालक रविन कन्दङ्वा र दिनेश कन्दङ्वाले गरेका थिए।

स्वर्गीय सुशिला कन्दङ्वाको स्मृतिमा आयोजना गरिएको प्रतियोगिताले स्थानीयस्तरमा बुद्धिचाल खेलको विकास र नयाँ खेलाडी उत्पादनमा योगदान पुर्‍याउने आयोजकले विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।