मेनु

लाजेहाङको नाममा खेल मैदान ।थारू पाेर्टल

लाजेहाङको नाममा खेल मैदान ।थारू पाेर्टल

पथरी शनिश्चरे समाचारदाता,

मङ्सिर -८ गते

मोरङकाे पथरीशनिश्चरे नगरपालिका-२ स्थित खेल मैदानको नाम पहिचान आन्दोलनका सहिद पदम लाजेहाङ स्मृति खेल मैदान राखिएको छ । आज मंसिर ८ गते २ वटा बोर्ड राखेर राष्ट्रिय सहिद लाजेहाङ स्मृति खेल मैदान नाम राखिएको हो । पदम लिम्बू लाजेहाङ कोशी नाम खारेज गरेर पहिचानको आधारमा पुननामकरण आन्दोलनमा प्रहरीसँगको झडपमा परी मृत्यु भएका थिए ।

लाजेहाङलाई तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले सहिद घोषणा गरेको थियो । प्रदेश सरकारले पनि सहिद लाजेहाङ परिवारलाई राहत प्रदान गरेको थियो । उनै सहिद लाजेहाङको नाममा स्थानीयबासीले खेल मैदानको नाम राखेको हो । खेल मैदानको लागि जग्गा दाताहरु, बाटो (सडक)को लागि जग्गा दिने लगायतको उपस्थितमा कार्यक्रमवीच बोर्ड राखेका हुन । खेल मैदान संरक्षणका लागि जेलिस लिम्बू, नरेन्द्र निरौला लगायतका युवाहरु संरक्षण समितीसमेत गठन भएको छ ।

सो स्थानमा २ बर्ष अघि २ नम्बर वडा अध्यक्ष नैना राईको मुख्य पहलमा नगरपालिकाको क्रिकेट मैदानको रुपमा स्थापित गर्न खोला सुनझोडा खोला साइडबाट उठाएर खेलकुदको आयोजना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।