जाति विशेष

राजवंशी समुदायले मनाए कद सिरुवा। थारू पाेर्टल।

बैशाख।१   रबिन्द्र बराल राजवंशी समाज विकास समिति ले नयाँ बर्षकाे उपल्क्षमा रंगेली नगरपालिका ८ स्थित दर्वेशा चाेकमा काद सिरुवा पर्व  तथा सांस्कृतिक कार्यक्रमकाे आयोजना गरेको छ । २०८२ साल लाई बिदाइ गर्दे नयाँ बर्ष २०८३ साल लाई स्वागत गर्दे राजवंशी समुदायहरुले विशेष दिनकाे रुपमा सिरुवा पर्व मनाउँदै आईरहेकाे छ ।  कार्यक्रममा राजवंशी समुदायले आफ्नो […]

मोरङको कानेपोखरीमा माझी समुदायको ‘लदी पूजा तथा घाट पूजा’ सम्पन्न ।थारू पाेर्टल

२० फागुन,कानेपाेखरी । माझी समुदायको महान सांस्कृतिक पर्व ‘लदी पूजा तथा घाट पूजा’ मोरङको कानेपोखरी–५ भौसाबारीस्थित कालीकोशी खोलामा सम्पन्न भएको छ। समुदायबीच एकता र सांस्कृतिक पहिचान सुदृढ गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त पूजा दोस्रो पटक कानेपोखरीमै भव्य रूपमा गरिएको हो।मंगलबार कानेपोखरी गाउँपालिका क्षेत्रका माझी समुदायका सदस्यहरू भेला भई सामूहिक रूपमा पूजा सम्पन्न गरेका हुन्। […]

इन्जिनियर थारु चेलीले पूरा गरिन् आमा–बुबाको सपना, बनिन् Google मा पूर्णकालीन सफ्टवेयर इन्जिनियर।थारू पाेर्टल

कञ्चनपुर । सुदूरपश्चिमको कञ्चनपुर जिल्लास्थित बेलौरी नगरपालिका–४ निवासी आईशा चौधरी विश्वकै प्रतिष्ठित प्रविधि कम्पनी Google मा पूर्णकालीन सफ्टवेयर इन्जिनियर पदमा नियुक्त भएकी छन्। उनको यस उपलब्धिले परिवार मात्र होइन, सिंगो कञ्चनपुर र थारु समुदायलाई गौरवान्वित बनाएको छ। बेलौरी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष लक्ष्मी नारायण चौधरीकी सुपुत्री आईशाले कडा मेहनत, लगनशीलता र निरन्तर प्रयासका कारण […]

रंगेलीमा पराेपकार समाज द्वारा फगुवा कार्यक्रम ।थारू पाेर्टल

फागुन। २५ आईतवार रबिन्द्र बराल अप्पन विराटगढ परोपकार समाज द्वारा रंगेलीमा फगुवा कार्यक्रम सम्पन्न भएको छ । रंगेली ७ स्थित काली मंन्दिरकाे प्राङ्गणमा भएको उक्त कार्यक्रममा “मैथिली भाषा लोककला संरक्षण एवं जागरण अभियान” अन्तर्गत “हमहुँ गेबैए फगुवा”कार्यक्रमका गरिएको थियोे । कार्यक्रमकाे प्रमुख अतिथि सामाजसेवी शंकर साह , वरिष्ठ अतिथि रंगेलीका पुर्व प्रधानाध्यापक सुरेश मिश्रा , […]

विराट राजवंशी समुदाय´तिला सुकरात पर्व मनायो ।थारु पाेर्टल

राजेश कुमार राजवंशी माघ।२।विराटनगर विराट राजवंशी समुदायले  माघ १गते मंगलबारका दिन तिला सुकरात पर्व मनाएका छन् । पर्वको अवसरमा विराट राजवंशी उत्थान समितिले आयोजना गरेको कार्यक्रममा तिल खिचडी, भुजा, च्युरा, तिलको लड्डु खाएर शुभकामना आदान प्रदान गरेको छ । राजवंशी समाज उत्थान समिति केन्द्रिय सदस्य सिधुलाल राजवंशीले तिला सुकरात पर्वको सांस्कृतिक तथा धार्मिक महत्त्वका बारेमा […]

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)काे अध्यक्षमा अनिल अनिल श्रेष्ठ र सचिवमा विद्यानन्द चौधरी ।थारु पाेर्टल

पथरीशनिश्चरे । पुस।२७ नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) जिल्ला शाखा मोरङको छेठाै अधिवेशन पथरीशनिश्चरेकाे हरियाल वनमा आज पुस २७गते दिनेश सुब्बाकाे अध्यक्षमा सम्पन्न भएकाे छ । उक्त अधिवेशनले नयाँ माेड लिदै कार्यसमिती चयन भएकाे छ । अध्यक्षमा अनिल श्रेष्ठ निर्वाचित भएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा रहेको हरियाली सामुदायिक वनको सभाहलमा शनिवार सम्पन्न फोनिज […]

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) मोरङको छौठौँ जिल्ला अधिवेशन पुस २७गते हुदै ।थारु पाेर्टल

पुस।२६।शुक्रबार  विद्यानन्द चाैधरी  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) मोरङको छौठौँ जिल्ला अधिवेशन पुस २७गते माेरङ्गकाे पथरी शनिश्चरे २, हरियाली सामुदायिक वनको सभाहलमा हुने भएकाे छ । माेरङ्ग जिल्ला भरी रहेका लगभग ५० देखि ६०जना आदिवासी जनजाति पत्रकार रहेका स‌ँस्थाकाे याे चुवावी अधिवेशन हाे । हाल दिनेश सुब्बाकाे अध्यक्षतामा याे अधिवेशन हुन लागेकाे छ भने सचिव […]

धिमाल सास्कृतिक तथा फुड फेस्टिवल २०८० कार्यक्रमकाे पैसा हाल सम्म पाएन विमला ईलाेक्ट्राेनिस एण्ड साउण्ड सिस्टमले । कस्ले दिने पैसा ।

कार्तिक।११।कानेपाेखरी    कानेपाेखरी गाउँपालिका वडा न ७मा रहेकाे एतिहासिक पाेखरीमा २०८०साल जेठ २५गते  धिमाल जातिय विकास केन्द्र कानेपाेखरीकाे आयाेजनामा धिमाल सास्कृतिक तथा फुड फेस्टिवल  २०८० कार्यक्रम गरेकाे थियाे । जसमा धिमाल  जातिकाे खाना तथा धिमालहरुकाे सास्कृतिक नाच एव्म अन्य कार्यक्रमहरुकाे समेत आयाेजना भएकाे थियाे । उक्त कार्यक्रमकाे लागी विमला ईलाेक्ट्राेनिस एण्ड साउण्ड सिस्टम टेण्ड हाउसले […]

थारु कल्याणकारीणि सभा कानेपाेखरीकाे आयाेजनामा समा चखेवा साझ सम्पन्न ।थारु पाेर्टल

माेरङ्गकाे कानेपाेखरी गाउँपालिकामा रहेकाे  जातीय सँस्था थारु कल्याणकारीणी सभा कानेपाेखरी  गाउँ कार्य समितीकाे आयाेजनामा थारु परमपरागत सास्कृितक पर्व समा चखेवा कार्यक्रम कानेपाेखरी गाउँपालिका वडा न २काे थारु चाेकमा विविध कार्यक्रम गरी सम्पन्न भएकाे छ । सुक्रवार साझमा भएकाे कार्यक्रममा कानेपाेखरी गाउँपालिका वडा न २काे वडा अध्यक्ष शुसिल बुढाथाेकीकाे प्रमुख आतिथिय्ता रहेकाे थियाे भने रखिलाल चाैधरी […]

बिराट राजवंशीले प्रथम हुकाहुकी कार्यक्रम कार्तिक ३ गते भव्य रुपमा मनाउने l

राजेश कुमार राजवंशी विराटनगर  मत्स्य देशका राजा विराट महाभारतकानदेखी नै विराट राजवंशी समुदायले मौलिक साँस्कृत रुपमा हुकाहुकी रिति मनाउँदै आईरहेका छन्। यो हुकाहुकी शुभ दीपावली (सुकरात) को पहिलो ऐतिहासिक दिन हो। जसमा विराट राजवंशी समुदायले घर आँगनमा माटोको दियोवाली घरको कुलदेवी देवतासँगसँगै लक्ष्मी पूजा गर्दै सँगै घर बाहिर र खेतीबारीमा गएर हुकाहकी भन्दै विराट राजवंशी […]