समाचार

खोरेत महामारी नियन्त्रणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न ।थारू पाेर्टल

असार १३ । रबिन्द्र बराल मोरङको रंगेली नगरपालिकामा खोरेत रोगको नियन्त्रण तथा रोकथामका लागी नगरकाे सभाहलमा एकदिने सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियोे । नेपाल सरकार कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गत पशु सेवा विभागको पशु क्वारेन्टाइन कार्यालय विराटनगर काे  आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको छ । पशु क्वारेन्टाइनका  प्रमुख विदुर प्रसाद गौतम, प्रमुख प्रशासकीय अधिकृत […]

जेव्रा क्रसिङ मेटिँदै नगरपालिका र ट्राफिक प्रहरी मुखदर्शक ।थारू पाेर्टल

असार, १३।रङ्गेली  मोरङको रङ्गेली नगरपालिकाको मुख्य चोकमा रहेको जेव्रा क्रसिङको रङ्ग लगभग मेटिँदा पैदलयात्रीलाई सडक वारपार गर्न निकै कठिनाइ भएको छ। दैनिक सयौं सर्वसाधारण, विद्यार्थी, ज्येष्ठ नागरिक तथा बालबालिकाले प्रयोग गर्ने व्यस्त सडकमा जेव्रा क्रसिङ स्पष्ट नदेखिँदा दुर्घटनाको जोखिम समेत बडदै गईरहेकाे छ । जेव्रा क्रसिङका सेता धर्काहरू अधिकांश स्थानमा मेटिएका छन्। जसका कारण चालकले […]

रंगेली नगरपालिकाले ल्यायो ८१ करोडको बजेटः ।थारू पाेर्टल

असार ११ बिहीबार रबिन्द्र बराल मोरङको रंगेली नगरपालिकाले १४ औँ नगरसभाबाट आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ८१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । कार्यबाहक नगर प्रमुखसमेत रहनुभएकी नगरसभा अध्यक्ष भूमा पराजुलीले वडा नम्बर ९ का वडाध्यक्ष चुडामणी रेग्मीलाई आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्न अनुमति दिनुभएको थियो । निवर्तमान नगर […]

कानेपोखरी गाउँपालिकाे कुल ७७ करोड ९० लाख ९० हजार रुपैयाँको बजेट प्रस्तुत  ।थारू पाेर्टल

कानेपोखरी, असार ११ गते। विद्यानन्द चाैधरी  मोरङको कानेपोखरी गाउँपालिकाको २१औँ गाउँसभामा उपाध्यक्ष भोलाप्रसाद अधिकारीले बुधबार ७७ करोड ९० लाख ९० हजार रुपैयाँको बजेट प्रस्तुत गर्दै कृषि, पशुपालन तथा सिँचाइ क्षेत्रका कार्यक्रमका लागि उक्त रकम छुट्याइएको जानकारी दिनुभयो। यो रकम कुल बजेटको २.४४ प्रतिशत बराबर रहेको छ। गाउँपालिकाले कृषि, सिँचाइ तथा पशुपालन क्षेत्रको विकासका लागि १ […]

१३ लाख ७० हजार बराबरका भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा ।थारू पाेर्टल

असार, १०।कानेपोखरी ।  मोरङको कानेपोखरी गाउँपालिका–२ दलेली सडकखण्डबाट प्रहरीले भन्सार छली गरी ल्याइएका करिब १३ लाख ७० हजार रुपैयाँ बराबरका खाद्यान्न तथा उपभोग्य सामग्रीसहित एक मिनी ट्रक नियन्त्रणमा लिएको छ। बुधबार बिहान करिब ११ः३० बजे दक्षिण रंगेली बजारबाट उत्तरतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ४४४४ नम्बरको सेतो मिनी ट्रकलाई विशेष चेकजाँचका क्रममा रमाइलो प्रहरी चौकीबाट […]

एक वर्ष नबित्दै सडक भत्कियाे, नगरपालिकाले ठेकेदारलाई पुन काम गर्न निर्देशन ।थारू  पाेर्टल

असार ८।  रबिन्द्र बराल मोरङको रङ्गेली नगरपालिकाले निर्माण गरेको रङ्गेली–१ स्थित त्रिभुवन माध्यमिक विद्यालयदेखि बेलबारी सिमानासम्मको करिब चार किलोमिटर सडककाे निर्माण कार्य सम्पन्न भएको एक वर्ष नबित्दै विभिन्न स्थानमा भत्किन र बिग्रिन थालेकाे छ। नगरपालिकाभित्र निर्माण गरिएका ३८ किलोमिटर सडकअन्तर्गत उक्त सडकलाई महत्वपूर्ण योजनाका रूपमा लिइएको थियो। तर निर्माण सम्पन्न भएको छोटो समयमै सडकको अवस्था […]

दोस्रो कोशी प्रदेश स्तरीय रेफ्री तालिम तथा सेमिनार सम्पन्न  ।थारू पाेर्टल

कानेपाेखरी ।असार । ८ “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ मोरङको कानेपोखरी गाउँपालिका–६ रमाइलोमा आयोजित दोस्रो कोशी प्रदेश स्तरीय रेफ्री तालिम तथा सेमिनार सफलतापूर्वक सम्पन्न भएको छ। कोशी प्रदेश सि.एच.आईटिएफ (CHITF) तेक्वान्दो संघको आयोजनामा असार ६ र ७ गते सञ्चालन भएको उक्त कार्यक्रममा कोशी प्रदेशसँगै काठमाडौं, नवलपरासी र बागलुङबाट प्रशिक्षक, रेफ्री […]

रंगेली अस्पतालले कटुवाल जस्तै पाउला कि अहमता भएको व्यक्ति अध्यक्ष पाउला त?थारू पाेर्टल

असार ,७। आईतवार रबिन्द्र बराल माेरङकाे रङ्गेली नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवमणि कटुवालले राजिनामा पत्र बुझाए पछि अहिले विभिन्न प्रतिक्रिया हरु आईरहेका छन । उनले अस्पतालका मेशु वसन्त कुमार साहलाई सात दिन अगाडि आफ्नो पदबाट राजीनामा दिएकाे लिखित पत्र दिएका थिए । उनले राजिनामा दिएपछि स्थानीय समुदायमा समेत अनेक प्रश्नहरू उठ्न थालेका छन्। अबकाे […]

सीमाको सुरक्षा मात्र होइन, विद्यार्थीको भविष्य निर्माणमा पनि सशस्त्र प्रहरी।थारू पाेर्टल

असार, ७ रबिन्द्र बराल सीमा सुरक्षामा मात्र सीमित नभई सामाजिक उत्तरदायित्व निर्वाहमा समेत सक्रिय रुपमा रहेको सशस्त्र प्रहरी बल नेपालले रङ्गेली ६ स्थित श्री पब्लिक माध्यमिक विद्यालयमा खेलकुद सामग्री वितरण तथा मैत्रीपूर्ण भलिबल प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ । सीमा क्षेत्र विकास कार्यक्रम (BADP) अन्तर्गत आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म सोराभागले […]

क्यामेरामा  कैद भएको एक तस्वीरले देखेको गाउँको वास्तविकता ।।थारू पाेर्टल

असार ४ बिहीबार  रबिन्द्र बराल मोरङको रंगेली नगरपालिका–७ स्थित गुद्री बजार कुनै समय स्थानीय उत्पादन गर्ने र हाट बजारमा बिक्रीवितरण गर्ने  प्रमुख केन्द्रकाे रुपमा रहेको थियोे । २०६२ सालदेखि पत्रकारिता गर्दै आउने क्रममा करिब ८ वर्षअघि गुद्री बजारमा खिचेको यो तस्वीर अहिले इतिहासको एउटा महत्वपूर्ण दस्तावेज बनेको छ । उक्त  तस्वीरमा एक महिलाले एउटा ढक्किमा […]