फागुन ७।

मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ३ स्थित साेनापुरमा शनिबार बिहान नेपाल बाट भारत तर्फ जाँदै गरेकाे पिकपकाे ठक्करबाट एक महिला घाइते भएको स्थानीयले बताए ।
नेपाल बाट भारत तर्फ जाँदै गरेको प्र १-०१-००१ च ५६२ नम्बरको पिकअप गाडिकाे ठक्करबाट ६२ वर्षीया गाेैरिया देवी दास घाइते भएपछि उनको बिराटनगर स्थित न्युराे अस्पतालमा उपचार भईरहेकाे परिवारले जनाएको छ । स्थानीयका अनुसार नेपाल बाट अबैध रुपमा साेनापुर हुदै भारत तर्फ दैनिकी १० देखि १५ पटक सम्म गाई ,गाेरु पिकप गाडिमा लाेडगरेर भारत तर्फे लैजाने गरेको स्थानीय बताए ।
स्थानीयका अनुसार गाेविन्द साहले पिक गाडिमा नेपाल प्रहरी र ससस्त्र प्रहरीकाे मिलेमताेमा अबैध रुपमा भारत तर्फ गाई गाेरु लैजाने गरेकाे स्थानीयले आराेप लगाएका छन । दैनिकी बिहान ४ बजे देखि राति ८ बजे सम्म १० देखि १२ बटा गाडिमा दैनिकी एउटा गाडिमा ७ देखि ९ बटा सम्म गाई, गाेरु, राँगाहरु लाेड गरेर लैजाने गरेको स्थानीय बताए ।
उक्त गाडिमा माेरङकाे लेटाङ,दाेहमना, उर्लाबारी र झापकाे दमक बाट गाईहरु लाेडगरेर भारत तर्फ लैजाने गरेकाे स्थानीयले बताए । उनिहरुले नेपालको थलगाछिमा गाई, गाेरु हरु लैजाने र त्यहीँबाट बाेडर पारगरेर भारतकाे प्यागटाेल गाउँबाट बहादुर गांज बाट पुनः लाेडगरेर भारतकाे विभिन्न स्थानहरुमा बिक्रीका लागि लैजाने गरेकाे स्थानीयले बताएका छन ।स्थानीय हरुले बारम्बार प्रहरीलाई जानकारी गराउदा समेत बेवास्ता गर्ने गरेकाे स्थानीयले आराेप समेत लगाएका छन । उक्त गाडिमा गाई गाेरु लैजादा सडकमा गडिहरु द्रुतगतिमा लैजाने गरेको दुर्घटना समेत निम्तियाउने गरेको छ ।