फागुन।१२
रबिन्द्र बराल

माेरङकाे धनपालथान गाउँपालिका ४ स्थित सरस्वती टाेलमा ८ घुर अैलानी जगमा बासाेवास गर्दे आईरहेका भर्तु ऋिषिदेव ६९ सालदेखि दृष्टिबिहिन भएपछि अहिले उनलाई परिवार पालनपोषण गर्ने समस्या भईरहेकाे भर्तुले बताए । उनका अनुसार २०६४ सालमा उनी ईस्काईभेटर चलाएर आफ्नो जीवन यापन गरिरहेकाे उनले बताए ।
२०६९ सालमा कामकाे सिलसिलामा धनपालनाथ गाउँपालिका नजिकैमा रहेको भङ्गा पुल नजिकै ईट्टा प्रयाेग लाई पाेखरी खन्ने क्रममा उनले एउटा गाेहम्न सर्प जस्तो देखिने सर्प देखेपछि आफुले उक्त सर्पलाई केही नगरेकाे तर गाडिमा रहेको खलासीले उक्त सर्पलाई जेसिभिले माटाेले छाेपेकाे र पछि पुनः अर्को सर्प आएपछि आफुलाई आँखामा बारम्बार हेर्ने गरेको र केही छिन पसि गाडिकाे ईन्जिन नै बिग्रेको समेत उनलेे बताए ।
केही सातापछि मेरो दाहिने आँखामा समेत समस्या आउने गरेको र विभिन्न अस्पताल उपचार गराएता पनि मेरो दुईवटा आँख बिग्रिएकाे उनलेे बताए । उनको आँखा बिग्रिएपछि काेराेनाकाे समयमा लुथरन कल्याण सेवाले उनकाे घरकाे आर्थिक कमजोर अवस्था देखे पछि लुथरनले सानाे व्यपार गर्ने उदेश्यका साथ उनलाई आर्थिक सहयोग गरे पछि अहिले एउटा सानाे गुम्तिमा उनेले व्यवसाय सुरु गरेका छन । साेहि व्यवसाय बाट ४ जना परिवार पालनपोषण समेत गरिरहेकाे र जेठाे छाेरा राजकुमार ऋिषिदेव समेत सुस्त मनस्थितिका रहेका छन ।


उनकाे घरमा श्रीमती आशा ऋिषिदेव,सुनिल, लक्ष्मी र राजकुमार रहेका छन । आफै पसलमा बसेर व्यपार गरिरहन्छन र उनलेे पैसाकाे साईज बा कुन नाेट कतिकाे हाे भन्ने थहा पाउने गरेको उनलेे बताए । उनलेे भने अहिलेसम्म पनि लुथरनले मलाई सहयोग गरेपछि अहिले परिवार पालनपोषण गर्ने धेरै सहज भएको उनलेे बताए ।