'साइकलयात्रीलाई मोटरसाइकलले ठक्कर दिँदा घाइते, उपचारकै क्रममा मृत्यु ।थारू पाेर्टल'

April 4, 2026

विज्ञापन
No data was found

चैत।२१,कानेपोखरी,

मोरङकाे कानेपोखरी गाउँपालिका–५ बासवारी क्षेत्रमा सडक दुर्घटना हुँदा एक वृद्ध साइकलयात्रीको मृत्यु भएको छ।

आज साँझ करिब ४:२० बजे कानेपोखरी–रंगेली सडक खण्ड अन्तर्गत कानेपोखरी–५ बासवारीमा साइकलमा सवार अन्दाजी ६० वर्षीय नरेश काफ्लेलाई मे ६ प ५९४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। मोटरसाइकल चालक ओमकुमार कार्की (सुनवर्षी–१, हाल कानेपोखरी–६ बस्ने) रहेका  रमाइलाे चाैकी प्रहरी प्रमुख निलमणी पाेख्रेलले जानकारी दिनुभयाे ।

दुर्घटनामा गम्भीर घाइते भएका काफ्लेको बायाँ खुट्टा भाँचिनुका साथै शरीरका विभिन्न भागमा चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि न्यूरो अस्पताल पुर्‍याइएको थियो।मोटरसाइकलकाे पछाडी सवार  कवीता र युनियालाइ सामान्य घाइते भएकी छिन ।

उपचारकै क्रममा काफ्लेको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेकोजानकारी  प्रहरीले प्रमुख निलमणी पाेख्रेलले  दिनुभयाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.