१९ वैशाख, कानेपोखरी ।

कानेपोखरी–७ स्थित भुम्या पूजा स्थलमा नेपाल थामी समाज मोरङले उभौली पूजा भव्य रूपमा मनाएको छ। जिल्लाका विभिन्न स्थानबाट आएका थामी समुदायका व्यक्तिहरू एकै ठाउँमा भेला भई धामी–झाँक्रीको झाँकीसहित पूजा सम्पन्न गरेका थिए।

कार्यक्रममा गाउँपालिका अध्यक्ष राजमती इङ्नाम प्रमुख अतिथि तथा थामी समाज कोशी प्रदेशका अध्यक्ष लालबहादुर थामी विशिष्ट अतिथिका रूपमा वडा न ७का वडा अध्यक्ष माेहन प्रसाद अधिकारी वडा सदस्यहरू जिवन सुब्बा,रूविना ताम्रकार सामुदायिक वनका पदाधिकारि पत्रकार लगायतकाे अतिथि रहेकाे थियाे ।

थामी समुदायले प्रकृति र पितृको पूजा गर्ने परम्पराअनुसार खेतीपाती सप्रियोस् र विपत्ति नआओस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गर्दछन्।मोरङमा करिब १६० घरधुरी थामी समुदाय बसोबास गर्दै आएका छन्। समाजले आगामी वर्ष पर्यटन प्रवर्द्धन, वन संरक्षण र धार्मिक स्थल व्यवस्थापनलाई प्राथमिकतामा राख्ने जनाएको छ।