भदौ १९ शुक्रबार
रबिन्द्र बराल

रसुवास्थित त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछि माेरङकाे रङ्गेली–५, जैनपुरका सुरज मण्डल १० दिनदेखि सम्पर्कविहीन छन्। अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा मेकानिकल इन्जिनियरका रूपमा कार्यरत मण्डल बाढीपछि आयोजनाको टनेल क्षेत्रमा सम्पर्कविहीन भएको परिवारले जनाएको छ। अशेश्वर मण्डल र ललिता मण्डलका जेठा छोरा सुरजका दुई भाइ निरज र विवेक मण्डल तथा दिदी रुक्मिणी मण्डल र सुरजकी श्रीमती अनु कुमारी मण्डल र चार वर्षीया छोरी समेत रहेको परिवारले जनाएको छ। सुरज विगत डेढ वर्षदेखि इन्जिनियरका रूपमा अपर त्रिशूली–१ (२१६ मेगावाट) जलविद्युत् आयोजनामा कार्यरत थिए। उनी कोरियन कम्पनी दुसन इनर्जी/दुसन इन्टरप्राइजेजअन्तर्गत आयोजनामा काम गरिरहेको परिवारले जनाएको छ। ‘बाढी आउनुअघि श्रीमान्सँग अन्तिम पटक कुरा भएको थियो’ ।

सुरजकी श्रीमती अनुका अनुसार बाढी आएको दिन बिहान करिब ६ :३० बजे श्रीमान्सँग अन्तिम पटक फोनमा कुराकानी भएको थियो। उनी भन्छिन् उहाँ अफिस जानका लागि तयार हुँदै हुनुहुन्थ्यो। दुई दिनपछि रक्षाबन्दनका लागि छुट्टी लिएर घर आउने कुरा गर्नुभएको थियो। त्यसपछि बाढी आएको खबर पाएँ। फोन गर्दा मोबाइल स्विच अफ थियो। त्यसपछि कुनै सम्पर्क हुन सकेको छैन।”
सुरजका सहकर्मी तथा साथीहरूसँग समेत सम्पर्क गर्ने प्रयास गरे पनि उनीहरूबाट पनि तत्काल कुनै जानकारी प्राप्त हुन नसकेको परिवारको भनाइ छ।

परिवारका सदस्यहरूका लागि अहिले सबैभन्दा कठिन कुरा भनेको सुरजको अवस्थाबारे कुनै निश्चित जानकारी नआएको बताईन । १० दिन बितिसक्दा पनि उनी जीवित छन् वा छैनन् भन्ने स्पष्ट जानकारी नपाउँदा परिवार गहिरो पीडामा छ। खोजीका लागि परिवारका सदस्य रसुवा पुगे सुरजको खोजीका लागि परिवारका सदस्य हरु रसुवा पुगेका छन्।
परिवारले पाएको जानकारीअनुसार टनेलभित्र फसेका व्यक्तिहरूको उद्धारका लागि अहिले दुवैतर्फबाट टनेल खन्ने काम अघि बढाइएको छ। यसले सुरजसहित सम्पर्कविहीन अन्य व्यक्तिको सकुशल उद्धार हुने आशा परिवारमा पलाएको छ।
‘ढिलो भयो, तर अब अझै ढिला नगरियोस्’।
श्रीमती अनुले सरकारले उद्धारका लागि गरिरहेको पछिल्लो प्रयासप्रति आफूहरूको विश्वास रहेको बताइन्। तर सुरुवाती चरणमा उद्धार प्रक्रिया केही ढिलो भएको उनको गुनासो छ। उनले भनिन सरकारले अहिले राम्रो प्रयास गरिरहेको छ। तर सुरुवातमै प्राविधिक जनशक्तिलाई परिचालन गरेर उद्धारको काम अघि बढाएको भए अझ छिटो हुन सक्थ्यो भन्ने लाग्छ। जे ढिलो भयो, अब त्यसलाई फर्काउन सकिँदैन। तर अब कुनै ढिलाइ नगरी टनेलभित्र रहेका सबैलाई सकुशल उद्धार गरिदिनुपर्ने बताईन ।चार वर्षीया छोरी पनि बाबुको पर्खाइमा रहेकाे र सम्पूर्ण परिवार अहिले सुरजकाे राम्रो समचार सुन्न तयारी रहेका छन । १० दिनदेखि म भगवान्लाई नै सम्झिरहेकी छु। उहाँ जहाँ हुनुहुन्छ, सुरक्षित राखिदिनुस् र चाँडै घर फर्काइदिनुस् भनेर सबै घरपरिवारका सदस्यीय हरु प्रार्थना गरिरहेकाे उनलेे बताईन ।


प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।