कार्तिक,३
कानेपोखरी,
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कानेपोखरी गाउँपालिका समितिको आयोजनामा बडादसैँ, तिहार तथा छठ पर्व–२०८३ को पावन अवसरमा बृहत् शुभकामना आदान–प्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

रास्वपा कानेपोखरी गाउँपालिका समितिका अध्यक्ष महेन्द्र बोहोराको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा गाउँपालिकाका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वडा नं. १ देखि ७ सम्मका पार्टि सभापति , तथा स्थानीय बासिन्दाहरूको बाक्लो उपस्थिति रहेको थियो।
![]()
कार्यक्रमका प्रमुख वक्ताहरूमा प्रदेश सभापति तथा केन्द्रीय सदस्य चन्द्र राई, केन्द्रीय सदस्य डिल्लीश्वर (रोहन कार्की), सांसद प्रेमलाल चौधरी, मोरङ क्षेत्र नं. ४ का सांसद सन्तोष राजवंशी, मोरङ जिल्ला सदस्य कोषराज खनाल तथा मोरङ क्षेत्र नं. २ का सभापति प्रमोदकुमार शाह रहेका थिए।
कार्यक्रममा कानेपोखरी गाउँपालिकाका वडा नं. १ देखि ७ सम्मका वडाध्यक्ष तथा प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। साथै, जिल्ला, प्रदेश तथा संघीय तहका जनप्रतिनिधि र पार्टीका नेता तथा अगुवा कार्यकर्ताहरूको सहभागितामा चाडपर्वको शुभकामना आदान–प्रदान गरिएको थियो।
वक्ताहरूले बडादसैँ, तिहार तथा छठ पर्वको अवसरमा आपसी सद्भाव, सामाजिक एकता, सहिष्णुता र भाइचाराको भावना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले चाडपर्वले समाजमा मेलमिलाप र आपसी सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रममा सहभागी नेता, कार्यकर्ता तथा जनप्रतिनिधिहरूबीच शुभकामना साटासाट गर्दै कार्यक्रम सम्पन्न भएको थियो।

उपस्थित राजनीतिक व्यक्तित्व, पार्टीका नेता तथा कार्यकर्ताहरूबीच आपसमा घन्टिबनजाएर अनि ब्यानर बाचन गरेर कार्यक्रमकाे समुदघाटन गरिएकाे थियाे । यस प्रकारको कार्यक्रमले विभिन्न तहका प्रतिनिधि तथा राजनीतिक नेतृत्वबीच आपसी सम्बन्ध, सहकार्य र सद्भाव अभिवृद्धि गर्न ठूलो सहयोग पुग्ने अपेक्षा लिइएको छ।कार्यक्रम सुनिल दत अधिकारीले संचालन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।