मेनु

नेवार समुदायले चथा पर्व मनाउँने

नेवार समुदायले चथा पर्व मनाउँने

काठमाडौँ, भाद्र २९ । नेवार समुदायले भगवान् गणेश विशेष पूजा आराधना गरी मौलिक चथा पर्व मनाउँदै छन् । घर–आँगन, कौशी तथा पूजा स्थान सफा गरी परिवारका सदस्यहरु एकै ठाउँमा बसेर विधिपूर्वक पूजाआजा गरी चथा पर्व मनाइने परम्परा छ । पूजामा गणेशलाई विभिन्न प्रकारका फलफूल, तरकारी, अन्न तथा गेडागुडी चढाइन्छ।

पूजाका लागि अदुवाको बोट, स्याउ, मौसम, अम्बा, काक्रो, मुला, मकै, भटमास, चना, गहुँ, केराउ, बकुला, आरुको बीउ, फर्सीको बीउलगायत सामग्री राख्ने परम्परा छ। पूजाका सन्दर्भमा घरमा उपलब्ध विभिन्न कृषि उपज तथा फलफूललाई पूजा सामग्रीका रूपमा प्रयोग गर्ने गरिनेछ।

चथा पर्वमा प्रयोग गरिने फलफूल, अन्न तथा गेडागुडीले कृषि, प्रकृति र मानव जीवनबीचको सम्बन्धलाई झल्काउने जनविश्वास रहेको छ। वर्षभरि प्राप्त हुने नयाँ कृषि उत्पादन तथा प्राकृतिक उपजप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने उद्देश्यले चथा पूजा गर्ने परम्परा रहेको इन्द्रेश्वर महादेवका पुजारी शिवप्रसाद जङ्गमले बताए।

चथा पर्वसँग चन्द्रमा सम्बन्धी धार्मिक विश्वास जोडिएको जनविश्वास छ। आजको दिन चन्द्रमा हेर्न नहुने जनविश्वास छ। चन्द्रमा हेरेमा झुटो आरोप वा अपवाद लाग्न सक्ने परम्परागत मान्यता रहेकाले पूजा गरिँदासमेत आकाशतर्फ नहेर्ने चलन छ।

 

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।