मेनु

कानेपोखरी कांग्रेस सभापतिमा देवेन्द्र थापा निर्वाचित ।थारू पाेर्टल

कानेपोखरी कांग्रेस सभापतिमा देवेन्द्र थापा निर्वाचित ।थारू पाेर्टल

१० असोज, कानेपोखरी ।

नेपाली कांग्रेसको १५औँ कानेपोखरी गाउँपालिका अधिवेशनबाट गाउँपालिका कार्यसमितिको सभापतिमा देवेन्द्र थापा निर्वाचित भएका छन्।शुक्रबार कानेपोखरी–६ स्थित रमाइलो जनएकता सभाहलमा सम्पन्न अधिवेशनबाट थापा ८६ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी धनबहादुर गुरुङले ६६, डम्बरबहादुर बुढाथोकीले ३४ र नरेन्द्रबहादुर भट्टराईले ३ मत प्राप्त गरे।

उपसभापति पदमा सूर्यबहादुर लिम्बू निर्वाचित भएका छन्। उनले ११८ मत प्राप्त गर्दा भीमबहादुर कार्कीले ५१ र शिवप्रसाद उपाध्यायले १५ मत प्राप्त गरे।

, सचिवमा सन्तोष लिम्बू निर्वाचित भएका छन्। उनले १३० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नरबहादुर राईले ५२ मत प्राप्त गरे।

निर्वाचन अधिकृत सूर्यबहादुर योगाङका अनुसार कुल २११ मतदाता रहेकोमा २०४ मत खसेको थियो। खसेको मतमध्ये ९ मत बदर भएको थियो।अधिवेशनबाट सहसचिवमा रुककुमार गुरुङसहित खुला, महिला, युवा तथा दलित सदस्यहरू सर्वसम्मत निर्वाचित भएका छन्। वडा नं. १ देखि ७ सम्मका खुला तथा महिला सदस्यका साथै युवा समूहबाट प्रतिनिधित्व गर्ने सदस्यहरू पनि चयन भएका छन्।

खुला सदस्यतर्फ वडा नं. १ बाट राजेन्द्र कार्की र गोमादेवी भण्डारी, वडा नं. २ बाट विक्रम राजवंशी, वडा नं. ३ बाट वीरबहादुर लिम्बू र गोमा क्षेत्री, वडा नं. ४ बाट बडीप्रसाद दुलाल र सरिना थापा, वडा नं. ५ बाट कमल वि.क. र धनकुमारी डडका, वडा नं. ६ बाट शिवप्रसाद ओझा र रमला धमला तथा वडा नं. ७ बाट युवराज गौतम र निर्मला अधिकारी निर्वाचित भएका छन्।युवा समूहअन्तर्गत इश्वरा लिम्बू, सन्दिप खत्री, सुमिना राई, डम्बरकुमारी वि.क. र गोपाल कालिकोटे चयन भएका छन्। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै गाउँपालिका तहमा कांग्रेसको संगठनलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

निर्वाचित पदाधिकारीहरूकाे पद तथा गाेपनियता का साथै पदभार समेत गरीएकाे थियाे । पुर्व सभापतिले नया सभापतिलाइ खाता तथा पार्टिकाे सबै चिजहरू हसतान्तरण  गरीएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।