असाेज १९ साेमबार
रबिन्द्रबराल

विश्व शिक्षक दिवसको अवसर पारेर मोरङको रङ्गेलीमा अन्तरविद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता भएको छ। शिक्षक सम्मानित भए, शिक्षा बलियो हुन्छ, शिक्षा बलियो भए, राष्ट्र समृद्ध हुन्छ।’ भन्ने मूल नाराका साथ चाँदनी फाउन्डेसनले रङ्गेली नगरपालिका सभा हलमा प्रतियोगिता आयोजना गरिएको थियोे । रंगेली नगरभित्र रहेकाे सामुदायिक तथा संस्थागत बिधालयका १५ बटा बिधालयकाे सहभागीता रहेको थियोे ।
विद्यार्थीमा लुकेको प्रतिभा प्रस्फुटन गराउने, अभिव्यक्ति क्षमता तथा आत्मविश्वास विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष प्रमेश्वर साह ले बताए । सहभागी विद्यार्थीहरूले शिक्षकको भूमिका, शिक्षाको महत्व, राष्ट्र निर्माणमा शिक्षाको योगदान तथा विद्यार्थीको जिम्मेवारीलगायतका विषयमा आफ्ना विचार वक्तृत्वकला मार्फत विद्यार्थीले आफ्ना विचारलाई स्पष्ट र प्रभावकारी रूपमा प्रस्तुत गरेका थिए। प्रतियोगितामा ज्ञानज्योति बोर्डिङ स्कुलकी श्रेया कार्की प्रथम, मिनिल्याण्ड बोर्डिङ स्कुलकी साञ्ची निरौला द्वितीय, पब्लिक उच्च माध्यमिक विद्यालयका भास्कर साह तृतीय तथा माउन्ट मकालुका जानवी मण्डल सान्त्वना भएका थिए ।
उत्कृष्ट हुने विद्यार्थीहरूलाई क्रमशः ५ हजार ३ हजार २ हजार र १ हजार सहित पुरस्कार तथा मेडल समेत प्रदान गरिएको थियो। कार्यक्रमका सभापति प्रमेश्वर प्रसाद साहले विद्यार्थीको प्रतिभा पहिचान र क्षमता विकासका लागि विद्यालय तहबाटै यस्ता अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए। वक्तृत्वकला जस्ता कार्यक्रमले विद्यार्थीलाई आफ्नो विचार सार्वजनिक रूपमा प्रस्तुत गर्न सिकाउनुका साथै आत्मविश्वास र नेतृत्व क्षमताको विकासमा सहयोग पुग्ने उनको भनाइ थियो।प्रतियोगितामा प्रथम श्रेया कार्की ज्ञानज्योति बोर्डिङ स्कुल, द्वितीय साञ्ची निरौला , मिनिल्याण्ड बोर्डिङ स्कुल, तृतीय भास्कर साह पब्लिक उच्च माध्यमिक विद्यालय, सान्त्वना जानवी मण्डल माउन्ट मकालु बाेडिङ स्कुल भएको थियोे ।कार्यक्रमका प्रमुख अतिथि ज्येष्ठ नागरिक संघ, रङ्गेलीका अध्यक्ष लक्ष्मी मेहताले शिक्षा र शिक्षकको सम्मान समाजको विकाससँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गर्दै विद्यार्थीको प्रतिभा विकासमा विद्यालय, शिक्षक, अभिभावक तथा सामाजिक संस्थाबीच सहकार्य आवश्यक रहेको बताएका छन ।
विशिष्ट अतिथि तथा इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रमुख अशोक झाले विद्यार्थीलाई शिक्षा र अनुशासनसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएका थिए। विद्यालय तहमा हुने सिर्जनात्मक कार्यक्रमले विद्यार्थीको व्यक्तित्व विकासमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ ब्यक्त गरेका थिए । कार्यक्रममा रास्वपाकी केन्द्रीय सदस्य निशा श्रेष्ठ र चिरञ्जीवी काफ्ले, मनाेज कुमार साह , जयनारायण साह, अबिषेक अधिकारी तथा बिधालय शिक्षक शिक्षीका लगायतको समेत उपस्थिति रहेको थियो। प्रतियोगिताको निर्णायक मण्डलमा चेतन पौडेल, मीनकुमार नवोदित, शैलेन्द्र थपलिया, रमेशचन्द्र अधिकारी र अभयकुमार राईकाे उपस्थिति समेत रहेका थिए।


प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।