असाेज २१ बुधबार
रबिन्द्र बराल
रङ्गेली नगरपालिका–६ स्थित पव्लिक उच्च माध्यमिक विद्यालयमा लामो समयदेखि विद्यालय व्यवस्थापन समिति गठन हुन नसक्दा विद्यालयको प्रशासनिक तथा विकाससम्बन्धी काम प्रभावित भएको छ। विद्यालयमा नयाँ व्यवस्थापन समिति गठनका लागि पटक–पटक प्रक्रिया अघि बढाइए पनि समिति गठनको विषयम अहिलेसम्म टुंगो लाग्न सकेको छैन ।
व्यवस्थापन समिति गठन नहुदा विद्यालयकाे सार्वजनिक लेखापरीक्षण, इन्जिनियरिङ तथा पूर्वाधार निर्माण, प्रशासनिक निर्णय, विकास योजना तथा अन्य महत्वपूर्ण काममा आवश्यक समन्वय र निर्णय प्रक्रिया प्रभावित भईरहेकाे बिधालय प्रशासनले जानकारी दिएको छ। पुरानो समितिलाई निरन्तरता दिन सक्ने अवस्था नरहेको र नयाँ समिति पनि गठन हुन नसक्दा विद्यालयलाई निर्णयको बीचको अवस्थामा काम गर्नुपर्ने बाध्यता रहेको छ ।समस्या समाधानका लागि विद्यालयले रङ्गेली नगरपालिकासँग पटक–पटक पहल गरिदिन आग्रह गरेको र शिक्षा शाखाले समेत शिक्षा बिकास समन्वय ईकाई समिति लाई पत्र पठाएकाे भएता पनि अहिलेसम्म कुनै ठाेस निर्णय नपठाउदा सबै पक्ष अन्याेलमा रहेको छ ।

नेपाल सरकारले हालै बिधालयका अध्यक्ष बन्नका लागि बिधालयकाे तहगताका आधारमा अभिभावक हरु समेत अध्यक्ष बन्नु पर्ने व्यवस्था कामय गरेपछि बिधालयमा थप समस्या परेकाे देखिन्छ । पव्लिक बिधालयमा १२ कक्षा उतिर्ण भएको अभिभावक हुनुपर्ने व्यवस्था भए पछि अझै थप समस्या परेको र अध्यक्ष बन्न ५ बर्ष सम्म राजनीतिकमा नलागेको र कुनै पार्टीपनि पार्टीको सदस्यीय समेत नलिएकाे र कर्मचारी नहुने व्यवस्था शिक्षा ऐनमा व्यवस्था ल्याएपछि सामुदायिक बिधालयमा समिति गठन गर्ने थप समस्या रहेको रंगेली शिक्षा शाखा अधिकृत लिला ओझाले बताउनु भयो ।

स्थानीयका अनुसार सामुदायिक बिधालयमा पठनपाठन गर्ने अधिकान्श गरिव तथा निम्न बर्गकाे परिवारका बालबालिका रहने र उनिहरुकाे अभिभावक हरु समेत केही मात्रामा मात्रै उच्च शिक्षा साहिल गरेका अभिभावक हुने भएको हुनाले समेत समस्या परे हुन सक्ने देखिएकाे छ । नगरपालिका मेयर ,प्रशासकिय अधिकृत र शिक्षा शाखा बाट उक्त बिधालयकाे व्यवस्थापन समितिकाे अध्यक्ष चयनका लागि आवस्यक पहल गर्नुपर्ने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।