मेनु

सुनसरीको केसेलिया खोलामा बोराभित्र पुरुषको शव फेला ।थारू पाेर्टल

सुनसरीको केसेलिया खोलामा बोराभित्र पुरुषको शव फेला ।थारू पाेर्टल

सुनसरी ।कार्तिक,८

सुनसरीको बर्जु गाउँपालिका–२, भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ।स्थानीयले आइतबार बिहान खोलामा बोराभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै सुनसरी प्रहरी प्रमुख एसपी पुष्पराज मल्लसहितको टोली घटनास्थल पुगेको थियो।

प्रहरीका अनुसार मृतक पुरुषको पहिचान खुल्न सकेको छैन। घटनाको प्रकृति र शवको पहिचानबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।सुनसरी प्रहरी प्रमुख एसपी मल्लले मृतकको पहिचान खुलेपछि घटनाबारे थप विवरण सार्वजनिक गरिने जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।