मेनु

मोरङ जिल्ला सदस्य पदमा भूगोलतर्फबाट डेनु कार्कीको उम्मेदवारी ।थारू पाेर्टल

मोरङ जिल्ला सदस्य पदमा भूगोलतर्फबाट डेनु कार्कीको उम्मेदवारी ।थारू पाेर्टल

कानेपोखरी ।

नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ, सशक्त र जनमुखी बनाउने प्रतिबद्धतासहित मोरङ जिल्ला सदस्य पदमा भूगोलतर्फबाट डेनु कार्कीले उम्मेदवारी घोषणा गरेका छन्।

कानेपोखरी वडा न २ का कार्कीले स्वच्छ राजनीति, सशक्त संगठन र समावेशी नेतृत्वलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्। उनले जनताको साथ र सहयोगमा नेपाली कांग्रेसलाई थप बलियो बनाउँदै समृद्ध मोरङ निर्माणमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

‘कांग्रेसलाई बलियो बनाऔँ, समृद्ध मोरङ बनाऔँ’ भन्ने नारासहित चुनावी मैदानमा उत्रिएका कार्कीले पार्टी संगठनलाई जनतासँग जोड्दै कार्यकर्ताको भावना र चाहनाअनुसार अघि बढ्ने लक्ष्य लिएका छन्।

उनले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिभन्दा पनि पार्टीको संगठन निर्माण, एकता र विकासका लागि योगदान गर्ने अवसरका रूपमा लिएको बताएका छन्।‘तपाईंको साथ, मेरो प्रतिबद्धता’ भन्ने सन्देशसहित कार्कीले आफ्नो पक्षमा समर्थन र सहयोग गर्न पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकसँग आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।