मेनु

जहदा–२ का पीडित टुहुरा बालबालिकालाई समाजसेवी बिनोद चाहारको सहयोग ।थारू पाेर्टल

जहदा–२ का पीडित टुहुरा बालबालिकालाई समाजसेवी बिनोद चाहारको सहयोग ।थारू पाेर्टल

जहदा मोरङ ।मंसिर।५

विष्णु राजबंशी

मोरङको जहदा गाउँपालिका–२, मोहनपुर घटनाबाट प्रभावित टुहुरा भाइ र बहिनीलाई समाजसेवी बिनोद चाहारले खाद्यान्न, न्यानो कपडा तथा दैनिक उपभोग्य सामग्री सहयोग गरेका छन्।कोरोना महामारीको समयदेखि नै सामाजिक सेवामा सक्रिय रहँदै आएका चाहारले पीडित बालबालिकाको अवस्थालाई मध्यनजर गर्दै चामल, भुजा, बिस्कुट, चाउचाउलगायत खाद्यान्न तथा न्यानो कपडा वितरण गरेका हुन्।

पत्रकार विष्णु राजवंशीको विशेष पहलमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा जहदा गाउँपालिकाकी उपाध्यक्ष हन्ना सोरेनले पीडित भाइबहिनीलाई उक्त सामग्री हस्तान्तरण गरेकी थिइन्।

कार्यक्रममा जेन्जी अभियानमा सक्रिय किशोरी कार्की, उपाध्यक्ष हन्ना सोरेन, बाल कलाकार साइना चाहार, सामाजिक व्यक्तित्व सुरज खत्रीलगायतको उपस्थिति रहेको थियो।

पीडित बालबालिकाको दुःख र अभावमा केही राहत पुर्‍याउने उद्देश्यले गरिएको सहयोगले उनीहरूलाई दैनिक जीवनयापनमा सहजता मिल्ने विश्वास व्यक्त गरिएको छ।दुःख र संकटमा परेका बालबालिकालाई सहयोग गर्नु सामाजिक दायित्वसँगै मानवीयताको उदाहरण भएको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।