कानेपोखरी, मोरङ ।

मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित जनसेवा माध्यमिक विद्यालयको प्राङ्गणमा शनिबार कलर बेल्ट ग्रेडिङ तथा सेमिनार कार्यक्रम सम्पन्न भएको छ।उर्लाबारी र कानेपोखरी क्षेत्रका पाँचवटा डोजाङका १सय१५ जना खेलाडीको सहभागितामा कार्यक्रम आयोजना गरिएको हो। बेल्ट ग्रेडिङतर्फ ८५ जना खेलाडी सहभागी भएका थिए।
ग्रेडिङमा ह्वाइटबाट एल्लो बेल्टमा ४५ जना, एल्लोबाट स्टेप ग्रिनमा १२ जना, स्टेप ग्रिनबाट ग्रिन बेल्टमा १० जना, ग्रिन बेल्टबाट स्टेप ब्लुमा १० जना र ब्लु बेल्टमा ८ जना खेलाडी सहभागी भएका थिए।

त्यस्तै, सेमिनारमा १सय१५ जना खेलाडीले सहभागिता जनाएका थिए। कार्यक्रम कोशी प्रदेश सीएच. आईटीएफ तेक्वान्दो संघका अध्यक्ष तथा प्रमुख प्रशिक्षक युवराज भुजेलको नेतृत्वमा सम्पन्न भएको हो। कोशी प्रदेश सीएच. आईटीएफ तेक्वान्दो संघका सचिव दिनेश सुब्बा, सदस्य सनम राेक्का त्यसैगरी माेरङ सीएच. आईटीएफ तेक्वान्दो संघका अध्यक्ष विद्यानन्द चाैधरी ,सचिव पुर्णिमा अधिकारी, काेषाध्यक्ष अाषिश भुजेल , सदस्य सजना श्रेष्ट , ब्लाकबेल्ड समिति तथा प्रशिक्षक एवम अभिभावकहरूकाे समेत उपस्थिति रहेकाे थियाे । कार्यक्रमले खेलाडीहरूको प्राविधिक क्षमता, अनुशासन र आत्मविश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।